गौरादह नगरपालिका –१ का एक युवाले आज विहान आत्मदाह गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार स्थानीय ३५ बर्षीय रोहन साहले घरको आफू सुतेकै कोठामा शरीरमा आगो लगाएर आत्मदाह गरेका हुन् ।
उनी विगत दुई तीन बर्षदेखि डिप्रेसनका विरामी रहेको प्रहरीको भनाई छ ।