कनकाई पोलिटेक्निक इन्ष्टिच्युटले डिप्लोमा तहका पाँचौ सेमेस्टरमा अध्ययनरत विद्यार्थीका लागि ३ दिने सफ्टवेर डेभलोपमेन्ट सम्बन्धी वर्कसप सुरु गरेको छ। डिप्लोमा तहको अध्ययन सके पश्चात विभिन्न किसिमका बजारका लागि आवस्यक पर्ने सफ्टवेरहरु निर्माण गर्न सकुन भन्ने उदेश्यले ३ दिने प्रोजेक्ट वर्कसप सुरु गरेको कनकाई पोलिटेक्निकका कोअर्डिनटेर श्री खगेन्द्र मिश्रले वताउनु भयो।
हाम्रो उदेश्य भनेको आईटी पढ्ने विद्यार्थीले पढाई सके पस्चात कुनै पनि सफ्टवेर/MIS सिस्टम बनाउन सकुन भन्ने हो, पाठ्यक्रमले कतिपय कुरा पुरा गर्न सक्दैन जसका लागि थप विषयको जानकारी आवश्यक पर्दछ त्यसकै लागि हामी ३ दिने वर्कसप सुरु गरेका हौ, अहिले जम्मा १५ जना विद्यार्थीहरु सहभागि छन। पक्कै पनि यो बर्कसप पछाडी विद्यार्थीहरुले बजारका लागि आवश्यक पर्ने विभीन्न सफ्टवेर निर्माण गर्न सक्ने अपेक्षा लिईएको छ।