Friday, October 18, 2024

झापाको कनकाई नगरपालिकाबाट विगत ९ बर्षदेखि नियमित प्रकाशित हुदै आइरहेको कनकाई साप्ताहिक पत्रिका प्रेस काउन्सिल नेपालबाट ‘क’ बर्गमा बर्गिकृत भएको छ

Share

झापाको कनकाई नगरपालिकाबाट विगत ९ बर्षदेखि नियमित प्रकाशित हुदै आइरहेको कनकाई साप्ताहिक पत्रिका प्रेस काउन्सिल नेपालबाट ‘क’ बर्गमा बर्गिकृत भएको छ ।

झापा सुरुङ्गाबाट पत्रकार लीलाराज झापालीको सम्पादन प्रकाशनमा अनलाईन संकरण सहित नियमित प्रकाशित हुदै आइरहेको कनकाई साप्ताहिक यस अघि स्थापना कालदेखिनै ‘ख’ बर्गमा बर्गिकरणमा परेको थियो ।

गत आर्थिक बर्ष २०७८÷७९ को पत्रपत्रिका बर्गिकरणको सुचनामा कनकाई साप्ताहिक क बर्गमा बर्गिकृत भएको हो । पत्रिका क बर्गमा परेपछि यसको सम्पुर्ण श्रेय यस क्षेत्रका सम्पुर्ण पाठक, विज्ञापनदाता, संघसस्था, कनकाई नगरपालिका लगायात झापा तथा इलामका पालिकाहरुलाई सम्पादक प्रकाशक लीलाराज झापालीले दिनुभएको छ ।

प्रेस काउन्सिलले बर्गिकरणका आधारमा लोककल्णकारी सुचना विज्ञापनहरु प्रदान गर्दै आएको छ । प्रेस काउन्सिलले हरेक बर्ष नेपालका सबै पत्रपत्रिकाहरुलाई बर्गिकरण गर्दै आइरहेको छ ।

सम्वन्धित

अन्य समाचार