बाह्रदशीका बिभिन्न क्षेत्रमा अनियमितता भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोमा उजुरी दर्ता भएको छ । झापाको बाह्रदशी गाउँपालिका भित्रका विभिन्न ५ वटा बिषयमा अनियमितता र घोटाला भएको भन्दै उजुरी गरिएको हो ।उजुरी परेका बिषयहरूमा बाह्रदशी गाउँपालिका वडा नम्बर ५ मा रहेको फुलबारी माध्यमिक विद्यालायको जग्गा अनाधिकृत रूपमा व्यक्तिको नाममा सारिएको, गाउँपालिकाको कृषि अनुदान रकममा व्यापक हिनामिना गरेको, बोका र सुँगुरका पाठा वितरण गर्दा तेब्बर बढि मुल्य राखि बिल पेस गरिएको, कर्मचारी र जनप्रतिनिधिको मिलेमतोमा विभिन्न आयोजना तथा कार्यक्रमको रकममा हिनामिना गरेको र पुर्वाधार निर्माणका काममा जनप्रतिनिधिहरुले अनावश्यक दु:ख दिई लाभ लिन खोजेको रहेका छन ।राष्ट्रिय स्वतन्त्र पार्टी झापा जिल्ला सह-सम्योजक तथा बाह्रदशीका ३ का स्थानिय प्रकाश पाठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय ईटहरीमा उक्त उजुरी दर्ता गरेको बताए । जनप्रतिनिधि र कर्मचारीको मनोमानी र अनियमितताका बारेमा उपलब्ध प्रमाणसहित उजुरी दर्ता गरिएको पाठकले मुनाल न्यूजलाइ जानकारी दिएका छन ।