Friday, October 18, 2024

कोलकाताविरुद्ध लखनउले फुटबल जर्सी लगाएर आईपीएल खेल्ने

Share

५ जेष्ठ, झापा,

लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्स विरुद्धको खेलमा फुटबल जर्सी लगाउने भएको छ ।

जारी सिजनको ६८ औं खेल लखनउ र कोलकाताबीच शनिबार इडेन गार्डेन कोलकतामा हुनेछ । यस खेलमा विजयी भएमा लखनउले प्लेअफमा स्थान पक्का गर्नेछ ।

लखनउ कोलकताविरुद्ध भारतीय चर्चित फुटबल क्लब मोहन बगानको जर्सीमा मैदान उत्रर्नेछ ।

मोहन बगान र लखनउका मालिक एउटै हुन् ।

त्यतिमात्रै होइन भारतको सर्वाधिक पुरानो र सफल क्लब भएकाले सम्मान स्वरुप मोहन बगानको फुटबल जर्सीमा मैदान उत्रन लागेको लखनउले जनाएको छ ।

मोहन बगान फुटबल क्लबको नाम समेत परिवर्तन भएको छ । क्लबको नाम परिवर्तन गर्दै मोहन बगान सुपर जायन्ट्स राखिएको छ ।

कोलकातामै खेल भएकाले उक्त खेलमा कोलकाताकै क्लबको जर्सी क्रिकेट क्लबले पनि लगाउन लागेको हो ।

अंक तालिकामा लखनउ १३ खेलमा ७ मा जित र ५ मा हारसहित १५ अंकका साथ तेस्रो स्थानमा छ । लखनउ भोलि हुने खेलमा विजयी भएमा १७ अंकका साथ प्लेअफ खेल्नेछ ।

कोलकाता भने १३ खेलमा ६ मा जित र ७ मा हारसहित १२ अंकका साथ सातौं स्थानमा छ । कोलकाता अन्तिम खेलमा विजयी हुँदा १४ अंक हुन्छ ।

रोयल च्यालेन्जर्स बेंगलोर र मुम्बइ इण्डियन्सको पनि समान १४ अंक छ । त्यसैले जितेको स्थितिमा पनि कोलकातालाई प्रतियोगितामा कायम रहन अरु खेलको नतिजामा भर पर्नु पर्छ ।

सम्वन्धित

अन्य समाचार