Wednesday, February 5, 2025
Home Blog Page 3

कपडा चोरी गरेको अभियोगमा धुलाबारीबाट दुईजना पक्राउ

झापाको मेचीनगर-१०, धुलावारी बजारको कपडा पसलबाट करिव तीन लाख बराबरको लत्ताकपडा चोरी गरेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

धुलावारीमा अंकित सेठियाले सचालन गरेको भैरव स्टोरबाट बुधवार राति लत्ताकपडा चोरी गरेको अभियोगमा मेचीनगर नगरपालिका– १० टिमाई भेली बस्ने दुखु मिया र सोही ठाउँ बस्ने तेजराज बिष्ट पक्राउ परेका हुन् ।

सिसिटिभी फुटेजमा उनीहरुको पहिचान भएपछि इलाका प्रहरी कार्यालय धुलाबारीको प्रहरी टोलीले खोजतलास गर्नेक्रममा हिजो साँझ ५ बजे दुवैलाई नियन्त्रणमा लिएको हो । चोरी गरी लगेको लताकपडाहरू दुवै जनाको घरबाट बरामद गरी उनीहरुलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको प्रहरीले जनाएको छ ।

एनपीएलमा कर्णालीसँग चितवन ६ विकेटले पराजित

नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले पहिलो जित दर्ता गरेको छ। चितवन राइनोजविरुद्ध कर्णालीले ६ विकेटको जित दर्ता गरेको हो। १३१ रनको लक्ष्य पाएको कर्णालीले १९ दशमलव ५ ओभरमा १३२ रन बनाएको हो।

टीयू क्रिकेट मैदानमा चितवनले दिएको १३१ रनको लक्ष्य कर्णालीले एक बल बाँकी छँदा ४ विकेट गुमाएर पूरा गर्‍यो। कर्णालीका ओपनर शिखर धवनले सर्वाधिक ४५ रन जोडे । त्यसअघि टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३० रन बनाएको थियो । कर्णालीले यसअघिका दुबै खेलमा पराजय ब्यहोरेको थियो ।

आज सुनको भाउ घट्यो, तोलाको १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार

आज सुनको भाउ ६ सय रुपैयाँले घटेको छ । सुनको भाउ ६ सयले घटेर तोलाको एक लाख ५० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ५० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदीको भाउ १० रुपैयाँले बढेर तोलाको एक हजार आठ सय ९० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

पत्रकार महासंघको केन्द्रिय सदस्यमा झापाका अग्रज पत्रकार दिपिन राईको उमेद्धवारी

नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्यमा झापाका पत्रकार दिपिन राई (दिपेन्द्र)ले उमेद्धवारी दिने भएका छन् । ३० वर्षदेखि झापामा व्यवसायीक रुपमा पत्रकारीता गर्दै आएका दिपन राईले केन्द्रिय सदस्यको उमेद्धवार दिने निर्णय भएको हो ।

प्रेश सेन्टर नेपालको २१ औँ प्रदेश समितिको बैठकको सिफारिसका आधारमा केन्द्रिय समितिले पत्रकार महासंघको केन्द्रिय सदस्यको उमेद्धवार बनाउने निर्णय गरेको हो । प्रेश सेन्टरको प्रदेश समितिबाट सर्वसम्मत केन्द्रिय सदस्यको उमेद्धवारमा सिफारिस गरेको हो । उनी अहिले नेपाल पत्रकार महासंघ झापा शाखामा लामो समयदेखि क्रियासिल रहेका छन् । राई झापाको अर्जुनधाराबाट प्रकाशित यलम्बर टाइम्स साप्ताहिकका सम्पादक हुन् ।

राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला युरोपेली लिग खेल्दै

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाले ग्रीसको सुपर लिग क्लब नीस अत्रोमितोउबाट खेल्ने भएकी छन् ।

उनले स्वीडिस एजेन्टमार्फत् नीस अत्रोमितोउसँग गएको ‘सेप्टेम्बर’ मै सम्झौता गरेकी थिइन् । तर भिसा प्रक्रिया र साफ महिला च्याम्पियनशिप २०२४ खेल्न राष्ट्रिय टिमसँग रहेकाले उनले ग्रिक सुपर लिगका सुरुआती खेल गुमाएकी छिन् । उनले क्लबसँग २०२५ ‘मे’ सम्मका लागि हस्ताक्षर गरेकी छन् ।

भुटानका राजा काठमाडौंमा

भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक निजी भ्रमणको सिलसिलामा काठमाडौं आएका छन् । वाङचुकलाई परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले विमानस्थलमा स्वागत गरेकी थिइन् । रानी तेत्सुन पेमा वाङचुकसहित केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उनी अहिले स्वयम्भू पुगेका छन् । विमानस्थलबाट उनी सिधै स्वयम्भू गएका हुन् । उनी सिनामंगल–तिनकुने–नयाँबानेश्वर–माइतीघर–थापाथली–त्रिपुरेश्वर–टेकु–कालिमाटी–ताहाचल–छाउनी हुँदै स्वयम्भूनाथ गएका थिए ।

स्वयम्भूमा दर्शन र पूजापाठ गरेपछि उनी बौद्धनाथ जाने कार्यक्रम छ । त्यहाँ पनि पूजापाठ सकेर उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किने छन् । विमानस्थलबाट उनी करिब २ः४० बजे फिर्ता हुने तालिका छ । भुटानका राजाको काठमाडौं आगमनलाई लक्षित गरी सुरक्षा व्यवस्था चुस्त पारिएको छ । गत बुधबार नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको सुरक्षा प्रबन्धका लागि नेपाली सेनाले रिहर्सल गरेको थियो ।

एनपीएल क्रिकेटमा विराटनगर किङ्ग्सले लुम्बिनी लायन्सलाई २ विकेटले हरायो

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्ग्सले लुम्बिनी लायन्सलाई २ विकेटले हराएको छ । लुम्बिनीले दिएको १ सय ९२ रनको लक्ष्य विराटनगरले अन्तिम बल बाँकी छँदा ८ विकेट गुमाएर भेटायो । विराटनगरका लोकेश बमले ७१ रन बनाए । यस्तै बसिर अहमदले ४०, मार्टिन गप्टिलले २८, क्रिस सोलले ४ बलमा नटआउट १४ रन बनाए । लुम्बिनीका दुर्गेश गुप्ताले ३ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रन बनायो । लुम्बिनीका कप्तान रोहित पौडेलले ४६, टस मूर्सले ३० रन बनाए । लुम्बिनीले २९ अतिरिक्त रन पायो । विराटनगरका कप्तान सन्दीप लामिछाने, इस्माल आलम र राजेश पुलामीले १/१ विकेट लिए । लुम्बिनीका ४ जना खेलाडी रनआउट भए । प्रतियोगितामा विराटनगरको यो पहिलो जीत हो । विराटनगर यसअघि दुई वटा खेलमा पराजित भएको थियो ।

बिर्तामोड-७ मा ‘एक घर, एक बत्ती अभियान’ सुरु, १५० भन्दा बढी बत्ती जडान गरिने।।

कनकाई

 १९ मंसिर २९८१

  बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा 

‘एक घर एक बत्ती अभियान’ सुरुवात भएको छ ।

जंगली हात्ती प्रभावित यस वडामा स्थानीयलाई रातिको समयमा हिँडडुल गर्न सहज होस् भन्ने उदेश्यले ‘एक घर एक बत्ती अभियान’ सुरु गरीएको हो ।

उक्त  वडामा २४ वटा टोल रहेका छन् । यी मध्ये हालसम्म हात्तीबाट बढी प्रभावित रहेका बाह्रघरे, झोलुङ्गे, खालबाडी, सिमसार, पाथिभरा, स्रिजंघा, फक्तालुङ लगायतका टोलमा १५० भन्दा बढी सडक बत्ती जडान गरीएको वडाअध्यक्ष अबिरल कृष्ण खरेलले जानकारी दिनुभयो । 

उहाँले यो अभियानलाई प्राथमिकताको साथ अघि बढाईने बताउनु भयो । अहिले बत्ती जडान कार्य धमाधम भईरहेको र सबै ठाउँमा आवश्यकता अनुसार जडान गरीने बताउनु भयो । 

नगरपालिकाको सहयोगमा वडा कार्यालयले बत्ती जडान गरेको हो ।  घर घर बाटै लाइन टाँगेर जडान गरीने हुँदा त्यसको महशुल व्यक्तिले नै तिर्नु पर्ने छ । यसो गर्दा व्यवस्थापन कार्यमा सहज हुने वडाअध्यक्ष खरेलले बताउनु भयो । जडान गरीएको बत्ती बिग्रीएमा वडाले नै मर्मत तथा फेरबदल गर्ने छ ।

हाल टोल टोलमा पुराना जोडिएका बत्तीको मर्मत र नयाँ थप गर्ने कार्य भईरहेको छ । अहिले जडान गरीएका बत्तीहरुको खर्च प्रति एलइडी बल्ब १५ सय देखि ३ हजारसम्म रहेको वडाअध्यक्ष खरेलले जानकारी दिनु भयो ।

एनपीएलमा आज दुई वटा खेल हुँदै

नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई वटा खेल हुँदैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा पहिलो खेलमा बिहान ९ बजे कर्णाली याक्सले काठमाण्डौ गुर्खाजसँग खेल्दैछ ।


आजै दोस्रो खेलमा दिउँसो १ बजे विराटनगर किंग्स र लुम्बिनी लायन्स खेल्दै छन् । यसअघि कर्णाली जनकपुर बोल्ट्ससँग र काठमाण्डौ चितवन राइनोजसँग पराजित भएका थिए । यस्तै विराटनगरले अहिलेसम्म खेलेका दुईवटै खेल हारेको छ भने लुम्बिनीले आज पहिलो खेल खेल्दैछ ।

इलामसहित कोशीका ३३ जना चिया तालिम लिन आज चीन जाँदै

इलामसहित कोशी प्रदेशका विभिन्न जिल्लाका चिया सरोकारवाला छिमेकी मुलुक चीनमा तालिमका लागि जाने भएका छन् । यहाँका ३३ जना आज २१ दिनका लागि चीनको फुजियान जान लागेका हुन् ।

ग्वान्जाओस्थित ग्वान्जाओ कलेज अफ साइन्स एन्ड टेक्नोलोजीमा उनीहरूले चियासम्बन्धी तालिम लिनेछन् । इलाम क्षेत्र २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङको पहलमा आफूहरु त्यहाँ जान लागेको टोलीका एक सदस्यले बताए ।

‘तालिमले इलामलगायत कोशी प्रदेशकै चियालाई नमुना बन्न सहयोग पुग्ने आशा छ,’ नेम्बाङले भनेका छन्, ‘चियाका सरोकारवालासँग कुरा गर्दा जुन समस्या र व्यक्त भएका थिए, कतिपय समस्या यही तालिममार्फत् समाधान हुन्छन् भन्ने लागेको छ ।’