Author: समिर आलम

कतार सरकारले मृत्युदण्ड सुनाएका झापाको कनकाई—४ त्रिवेणी टोलका सुवास राउतलाई घर फर्काएर स्थानीयबासीले भव्य स्वागत गरेका छन् । कतार सरकारले आफ्नै साथीको हत्या गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाइएका३३ बर्षिय राउतलाई स्थानीयवाशीले सहयोग संकलन गरि स्वदेश फर्काएपछि एक विशेष कार्यक्रमका विच आफ्नै गाउँघरमा उनको स्वागत गरिएको हो । सुबास राउत स्वदेश फर्काउनकालागि तत्कालिन कनकाई—४ का वडाअध्यक्ष गोविन्द पौडेलको संयोजकत्वमा अभियान समिति समेत गठन गरिएको थियो । यसैबीच अभियानका संयोजक पुर्ववडाअध्यक्ष पौडेलको सभापतित्वमा पत्रकार सम्मेलन मार्फत सुबास राउतले नयाँ जीवन प्राप्त गरेको भन्दै स्वागत सम्मान सहित अभियानको आयव्यय विवरण समेत सार्वजनिक गरिएको छ । समितिले २० लाख २४ हजार ६ सय ५०…

Read More

७ पुस ,२०८० कनकाई चन्द्र बस्नेत झापाको कनकाईमा सामुदायिक कुकुर बन्ध्याकरण ३ दिवसीय शिविर आज ( शनिबार)बाट सुरु भएको छ । कनकाई नगरपालिकाले गएका वर्षहरुमा जस्तै यसवर्ष पनि आजदेखि बन्ध्याकरण शिविर सुरु गरेको हो। तीन दिनसम्म सञ्चालन हुने शिविरमा नगरपालिका क्षेत्रभित्रका सबै वडाबाट सामुदायिक कुकुर समातेर ल्याउने र बन्ध्याकरणसंगै रेबिज विरुद्वको भ्याक्सिन तथा आवश्यकता अनुसार अन्य औषधी उपचार गरेर छोडिने पशुपंछि तथा मत्स्य विकास शाखा प्रमुख तेजबहादुर पौडेलले जानकारी दिनु भयो । नेपाल एग्री लाईभस्टक ट्रेनिङ एन्ड रिसर्च सेन्टर ईटहरी , सुनसरीको प्राविधिक सहयोगमा आयोजना गरिएको शिविरमा यो पटक २ सय भन्दा बढी कुकुरको बन्ध्याकरण गरिने कनकाईका भेट्नरी अधिकृत कुलवहादुर…

Read More

कनकाई, १ पुस •चन्द्र बस्नेत झापाको कनकाई नगरपालिकाले यहाँका अतिविपन्न परिवारलाई न्यानो कपडा (ब्ल्यांकेट) वितरण गरेको छ । आज नगरका तीन वटा वडाका ६० जना अतिविपन्न परिवारलाई जाडोमा न्यानो प्रदान ब्ल्यांकेट वितरण गरिएको हो । नगरको वार्षिक कार्यक्रम अनुसार नगरका नौ वटै वडाका अतिविपन्न परिवारलाई बर्सेनि ब्ल्यांकेट वितरण गरिँदै आएको नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पाखरेलले जानकारी दिनुभयो । आज वडा नं. १, ६ र ७ का २०÷२० जना अतिविपन्न परिवारलाई ब्ल्यांकेट वितरण गरिएको हो ।वडा नं. १ मा सो वडाका वडाध्यक्ष सुशीलकुमार पोखरेलको अध्यक्षता एवम् नगर उपप्रमुख आशा शर्मा शिवाकोटीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा वडाध्यक्ष पोखरेलले स्वागत…

Read More

पत्रकार महेन्द्र पाण्डेयको निधन भएको छ। बिहीबार साँझ ह्यात होटलमा आयोजित एक विवाह भोजमा सरिक भएका पाण्डेयले खाना खाएपछि वान्ता गरेका थिए। केही समयपछि उनलाई उपचारका लागि ओम अस्पताल लगिएको थियो।अस्पताल पुगेलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको पारिवारले जनाएको छ। गुल्मीको भेडुवा घर भएका पाण्डेयको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ।ह र्टअट्याकको आशंका गरिए पनि पोस्टमार्टमपछि मृत्युको कारण पत्ता लाग्ने चिकित्सकले जानकारी दिए। रिपोर्ट नेपाल नामक अनलाइनका सम्पादक रहेका पाण्डेय लामो समय घटना र विचार साप्ताहिकमा काम गरेका थिए। पत्रकार पाण्डेयका आमा, श्रीमती र दुई छोरी छन्।

Read More

काठमाडौँ । नेपाली गायिका मेनुका पौडेलले फिल्म सलारमा गाएको गीत युट्युवमा निकै नै रुचाइएको छ । ‘सुरज हि छावँ बनके’ बोलको उक्त चलचित्रको गीत सार्वजनिक भएको दुई दिनमा दसौँ नम्बरको ट्रेन्डिङमा चढेको हो। युट्युवमा सार्वजनिक भएको लिरिकल भिडियो दुई दिनमै २७ लाख बढीले हेरेका छन् । प्रशान्त निलले निर्देशन गरेको फिल्ममा प्रभास मुख्य भूमिकामा छन्। मेनुकाको स्वर निकै सुमधुर सुनिएको छ। इन्डियन आइडलमा सहभागी रहेको मेनुकाले स्याड फ्लेवरका गीत गाएर प्रशंसकहरू कमाइरहेकी छिन्। सलारमा पनि उनले आफ्नै फ्लेवरको गीत गाउन पाएकी हुन्। सलार हिन्दी फिल्मको उक्त गीत मेनुकाको पहिलो डेब्यू गीत पनि हो ।

Read More

झापा — झापामा हात्ती मृत फेला परेको छ । बिहीबार बाह्रदशी गाउँपालिका–१ खयरबारी क्षेत्रमा एउटा हात्ती मृत फेला परेको हो । जिल्ला वन कार्यालय झापाले हात्तीले केही दिनदेखि स्थानीयको सखरखण्ड खाएर क्षति गर्दै आएको थियो । सखरखण्डमा क्षति पुर्‍याएका कारण स्थानीयले थालेको विद्युतीय पासोमा हात्ती परेको अनुमान प्रहरीको छ । प्रहरी र डिभिजन वन कार्यालयको टोली हात्तीको मुचुल्काका लागि घटनास्थलमा गइसकेको छन् । यो वर्ष जिल्लामा तीन वटा हात्ती मारिसकेको छ । त्यस्तै हात्तीको आक्रमणबाट गत मंसिर १५ मा हल्दिबारी-३ का वन हेरालु ४० वर्षीय धनवहादुर वनको मृत्यु भएको थियो । उनको मृत्यु संगै झापामा हात्ती आक्रमणवाट यो वर्ष ६ जनाको ज्यान गइसकेको छ ।

Read More

झापाका सञ्चारकर्मी तथा बिर्तामोड झापा डटकम अनलाइनका सञ्चालक टिकाराम बाँस्तोलालाई समाचारको बिषयलाई लिएर बारम्बार ज्यान मार्नेसम्मको धम्की दिएको घटनाप्रति पत्रकारजन्य संघ संगठनहरुले अलग अलग प्रेस विज्ञप्ती जारी गर्दै गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । नेपाल पत्रकार महासंघ झापा, प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल झापाले अलग–अलग विज्ञप्ती जारी गर्दै झापाका सञ्चारकर्मी बाँस्तोलालाई समाचारको विषयलाई लिएर बारम्बार ज्यान मार्नेसम्मको धम्की दिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएका हुन् । पीडितका अनुसार ‘अफ्रिका पठाइदिने भन्दै लाखौँ ठगी गर्ने बिर्तामोडका गिरी पक्राउ’ शीर्षकमा प्रकाशित समाचारको बिषयलाई लिएर पक्राउ परेका अन्जेश गिरीका बुवा बिर्तामोड–४ निवासी गणेश गिरी र परिवारका अन्य सदस्यले अलग–अलग नम्बरबाट सञ्चारकर्मी बाँस्तोलालाई…

Read More

२४ मंसिर २०८० चन्द्र बस्नेत कनकाई,झापाको कनकाईमा लैङ्गिक हिंसाको अवस्था, प्रकृति र कानुनी व्यवस्था विषयक विद्यार्थी लक्षित सचेतनामूलक तालिम तथा महिला हिंसा सम्बन्धी विभिन्न वडामा कानूनी प्रशिक्षण कार्यक्रम आईतबार सम्पन्न भएको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तत्रगत कनकाई नगरपालिकामा महिला हिंसा सम्बन्धी कानूनी प्रशिक्षण एवम् विद्यार्थी लक्षित सचेतनामूलक तालिम कार्यक्रम सम्पन्न भएको हो किशोरावस्थाका बालबालिकालाई लक्षित गरी कनकाई नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा लैङ्गिक हिंसामा प्रविधिको प्रयोग, हिंसाको प्रकृति, समाजमा देखिएका हिंसाजन्य घटनाक्रम, हिंसामा पर्न सकिने सम्भावित जोखिम र बच्ने उपाय लगायतका विषयमा प्रशिक्षण अधिवक्ता तारा बारकोटीले सहजीकरण गर्नुभएको थियोे । त्यसैगरी लैंङ्किक हिंसा, बाल लैङ्गिक हिंसा, बालविवाह, बलात्कार…

Read More

सुरुङ्गा, मंसिर २४ ।•चन्द्र बस्नेत साझा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दुर्गापुरले ११ जना शेयर सदस्यलाई सम्मान गरेको छ ।संस्थाको सभाहलमा आयोजित संस्थाको ३१ औं वार्षिक साधारण सभामा उनीहरूलाई सम्मान गरिएको हो । कार्यक्रममा असल ऋणीका रूपमा कनकाई ८ कि सृजना कडरीया , उत्कृष्ट बचतकर्ताका रूपमा कनकाई ७ का युक्तप्रसाद घिमिरे , उत्कृष्ट विध्यार्थीका रूपमा शेयर सदस्य गोमा गजुरेल घिमिरेकि छोरी रितिका घिमिरेलाई सम्मान गरिएको थियो ।त्यसै गरी, संस्थाका पुर्व संचालक समिती र लेखा सुपरिवेक्षण समितिमा रहि महत्त्वपूर्ण योगदान दिने गङ्गा प्रसाद खरेल , तारा थपलिया , भक्तिप्रसाद संग्रौला, भिस्मभुषण सिटौला लाई सम्मान गरिएको थियो। सम्मान क्रममा वर्ष भरिमा आफ्नो सहकारी…

Read More

सुरुङ्गा, मंसिर २३ । •चन्द्र बस्नेत स्थानीय आवश्यकता महसुस गरी झापाको सुरुङ्गामा फूलनारद डेन्टल सेन्टर सञ्चालनमा ल्याइएको छ । २५ वर्षीय डा. अभिषेक लुइँटेलले २ करोड रुपैयाँको लगानीमा सुरुङ्गा टप्पुचोकमा सो डेन्टल सेन्टर शुरु गरेका हुन् । एक भव्य कार्यक्रमका वीच स्थानीय सरकार कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले सेन्टरको उदघाटन गर्नुभएको हो। नगर प्रमुख पोखरेलले शिक्षित युवा अवसरको खोजीमा विदेशमा पलायन भइरहेको आजको जटिल अवस्थामा डा. लुइँटेलले स्वरोजगार सृजना गरी आफ्नै जन्मस्थलमा काम गर्न प्रयत्न गर्नु स्वागतयोग्य कर्म भएको बताउनुभयो । त्यसै गरी, नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले शिक्षण पेसामा आबद्ध मातापिताका सुपूत्रले लिएको यो कदमले आफूहरू गौरावान्वित भएको प्रतिक्रिया…

Read More