Author: साझा न्युज

काठमाडौँ, वैशाख १२ गते । काठमाडौँ महानगरपालिकाले सडकमा अव्यस्थित तार हटाउनका लागि सम्बन्धित कार्यालय तथा संघसंस्थालाई १५ दिनको समय दिएको छ । आज एक सूचना प्रकाशित गरी महानगरपालिकाले सुन्दरतामा कमी आएको, सार्वजनिक आवागमनमा असर परेको र आगलागीलगायतको जोखिम सिर्जना हुनसक्ने भन्दै अनावश्यक तार हटाउन निर्देशन दिएको हो । महानगरले बिजुली, टेलिफोन, इन्टरनेट तथा केवल सेवा प्रदायक निकाय तथा संघसंस्थाले पोलमा गुजुल्टो बनाएर राखेका, चुडिँएर तथा लत्रिएर सडकमा छरिएका तार आफैँ हटाउन र आवश्यक तारलाई सङ्केत चिन्ह लगाउन निर्देशन दिएको छ । महानगरले उक्त अवधिमा तार नहटाए महानगर आफैले हटाउने उल्लेख गरेको छ । अव्यवस्थित तारबाट सिर्जना हुनसक्ने जोखिम घटाउने विषयप्रति…

Read More

गर्मीयाम सुरु भएसँगै रुघाखोकीका बिरामी बढ्न थाल्छन् । सामान्यतया रुघाखोकी एलर्जी र भाइरल प्रकारका हुन्छन् । रुघाखोकी जसलाई लागिरहन्छ त्यो एलर्जीका कारण नै हुन्छ । धुलोधुवाँ, चिसो, वनस्पति र जनावरको एलर्जीले रुघाखोकी लाग्छ । रुघाखोकी लागेपछि कसरी निको पार्ने भन्ने ध्याउन्नमा हामी लाग्छौं । कोही रुघाखोकी लाग्नासाथ फार्मेसीमा गएर औषधि किनेर खान्छौं भने कोही घरेलु उपचारमा पनि लाग्छौं । यदि ज्वरो आएको छैन भने घरेलु उपचार गरेरै रुघाखोकी ठीक पार्न सकिन्छ । १. बेसार पानी बेसारले एलर्जी र भाइरल दुवै समस्यालाई निको पार्छ । बेसारमा पाइने कर्क्युमिन रुघाखोकीको समस्यासँग लड्न प्रभावकारी तत्व मानिन्छ । किनकि यसले रोग प्रतिरोधात्मक क्षमता बढाउने…

Read More

बाग्लुङ जिल्लाको गलकोट नगरपालिकाका सार्वजनिक स्थलमा सीसी क्यामेरा जडान गरिएको छ । नगर प्रमुख भरत शर्मा गैरेले नागरिकलाई शान्तिको प्रत्याभूति दिलाउन नगर भित्रका सार्वजनिक स्थानमा सीसी क्यामेरा जडान गरिएको बताए । प्रहरीको सीमित स्रोत साधनले मात्र शान्ति सुरक्षा कायम गर्न पर्याप्त नहुने भन्दै आपराधिक अनुसन्धानमा सहयोग पुर्याउन ईलाका प्रहरी कार्यालयसँगको समन्वयमा प्रविधिलाई प्रयोगमा ल्याइएको उनले बताए ।नगरपालिका भित्रका १९ स्थानमा २० वटा सीसी टिभी क्यामेरा जडान गरिएको छ । सीसी क्यामेरा सञ्चालनमा आएसँगै नगर भित्र हुने अपराध, अनुसन्धान, चोरी, लुटपाट लगायतका आपराधिक क्रियाकलाप न्यूनीकरणमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । शान्ति सुरक्षालाई चुस्त दुरुस्त राख्न ट्राफिक नियमको उल्लङ्घन गर्नेलाई…

Read More

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नवप्रवर्तनको क्षेत्रलाई उच्च प्राथमिकता दिएर सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको टोलीलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्रीले विज्ञान र प्रविधिलाई महत्व दिएर मात्र विकास र समृद्धिलाई गुणात्मकता दिन सम्भव रहेकाले नवप्रवर्तनको क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिने बताएका हुन् । भेटमा केन्द्रका अध्यक्ष महाविर पुनले ‘यात्री’ लगायत नेपालमै उत्पादित सवारीसाधनलाई सञ्चालन अनुमति प्रदान गर्न र नवप्रवर्तनको क्षेत्रमा लगानी वृद्धि गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । पुनले नेपालमा उत्पादित सवारीसाधन दर्ता गर्ने र प्रवर्द्धन गर्ने प्रयोजनका निम्ति सरकारले कानुन ल्याउने तयारी गरेकामा धन्यवाद दिँदै कानुन निर्माणको काम छिट्टै सम्पन्न…

Read More

१२ वैशाख, काठमाडौं । सभामुख देवराज घिमिरेले ढाका कुमार श्रेष्ठ सांसद नरहेको प्रतिनिधिसभा सदस्यहरुलाई जानकारी गराएका छन् । मंगलबार बसेको बैठकमा सभामुख घिमिरेले यस्तो जानकारी गराएका हुन् । एक व्यापारीसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारबाही गरेको थियो । रास्वपाले कारबाही गरेको पत्र दिएपछि त्यस अनुसार सभामुख घिमिरेले श्रेष्ठको पद रिक्त भएको जानकारी संसदलाई गराएका हुन् ।

Read More

तनहुँ — तनहुँ–१ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले मतदातामाझ गरेको प्रतिबद्धता पूरा गर्न आफ्नो इमानदार प्रयास रहने बताएका छन् । मंगलबार दमौलीमा आयोजित नवनिर्वाचित संसदलाई प्रमाणपत्र वितरण कार्यक्रममा डा. वाग्लेले उपनिर्वाचनका क्रममा गरिएको घरदैलो कार्यक्रममा मतदातामाझ गरेका प्रतिबद्धता पूरा गर्न इमान्दार रहने बताएका हुन् । ‘लोकतन्त्रमा एउटा व्यक्ति आएर जादुको छडी चलाएर चमात्कार गर्ने भन्ने हुँदैन, सबैको सामूहिक प्रयात्न हुन्छ, प्रणाली र सुदृढिकरणबाटै हुन्छ’, उनले भने, ‘हाम्रो टिमबाट गर्ने कामहरुमा मेरो इमानदार प्रयात्न रहनेछ । सबैको विश्वास लिएर सहकाय गरी तनहुँको विकास गर्नेछु ।’ आफ्नो जित पुरानो दलहरु, नेतृत्वप्रतिको वितृष्णा र नयाँ युवाहरुले नेतृत्व गरेको राजनीतिप्रतिको आशा पनि रहेको भन्दै उनले तनहुँवासीले…

Read More

मंगलबार नेप्से परिसूचक १७.३६ अंक बढेर १९०५.६८ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.२७ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.३० अंक र सेन्सेटिभ इण्डेक्स १.५६ अंक बढेको छ। अघिल्लो कारोबार दिन ७५ करोडको शेयर कारोबार भएको बजारमा यस दिन २६४ स्टकको २७ हजार ७६६ पटकको कारोबारमा ८८ करोड ५५ लाख ७८ हजार रुपैयाँ बराबरको २७ लाख कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिन तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य सर्वाधिक ८ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन खप्तड लघुवित्तको शेयरमूल्य ७.८५ प्रतिशत बढेको छ। कारोबारमा आएको सनराइज ब्लुचिप फण्डको इकाईमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ। अन्य स्टकहरुको…

Read More

तनहुँ — तनहुँ–१ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले मतदातामाझ गरेको प्रतिबद्धता पूरा गर्न आफ्नो इमानदार प्रयास रहने बताएका छन् ।मंगलबार दमौलीमा आयोजित नवनिर्वाचित संसदलाई प्रमाणपत्र वितरण कार्यक्रममा डा. वाग्लेले उपनिर्वाचनका क्रममा गरिएको घरदैलो कार्यक्रममा मतदातामाझ गरेका प्रतिबद्धता पूरा गर्न इमान्दार रहने बताएका हुन् ।‘लोकतन्त्रमा एउटा व्यक्ति आएर जादुको छडी चलाएर चमात्कार गर्ने भन्ने हुँदैन, सबैको सामूहिक प्रयात्न हुन्छ, प्रणाली र सुदृढिकरणबाटै हुन्छ’, उनले भने, ‘हाम्रो टिमबाट गर्ने कामहरुमा मेरो इमानदार प्रयात्न रहनेछ । सबैको विश्वास लिएर सहकाय गरी तनहुँको विकास गर्नेछु ।’आफ्नो जित पुरानो दलहरु, नेतृत्वप्रतिको वितृष्णा र नयाँ युवाहरुले नेतृत्व गरेको राजनीतिप्रतिको आशा पनि रहेको भन्दै उनले…

Read More

फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको भनेर भ्रम फैलाएको आरोपमा दुई जना कारबाहीमा परेका छन्। सोमबार राति ९:२० बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाजको एउटा इन्जिनमा समस्या आएपछि आगोको झिल्को र ठूलो आवाज आएको थियो। एउटा इन्जिनमा समस्या आएपनि उक्त जहाज दुबई पुग्न सकिने भएपछि गन्तव्यका लागि उडेको थियो। तर दुबईको आधिकारिक पेजबाट उक्त जहाजमा चरा ठोक्किएको उल्लेख थियो। फ्लाई दुबईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाएर उनीहरूको एयरपोर्ट पास समेत निष्क्रिय पारिएको प्राधिकरणले जनाएको छ। यता नेपाल नागरिक उड्डयन प्राधिकरणले चरा ठोक्किएको प्रमाण नभेटिएको र भ्रम फैलाएको ठहर गर्दै दुई म्यानेजरलाई कारबाही गरेको हो। ‘हिजो रातिको…

Read More

उप-निर्वाचनको धपेडी लगभग अन्त्यतिर आइपुग्दा प्रदेशहरूमा नयाँ सरकार गठनको अर्को धपेडी सुरू भएको छ। मुख्यमन्त्रीहरू पदमुक्त भइसकेका कारण लुम्बिनी र गण्डकीमा नयाँ सरकार गठनको काम चाँडै हुने सम्भावना छ। नेकपा एमाले नेतृत्वमा बाँकी रहेको एक मात्र प्रदेश सरकार कोशीमा पनि नयाँ सरकार बनाउने कसरत सुरू भएको छ। केन्द्र सरकारमा वर्तमान सत्ता गठबन्धनका तीन मुख्य दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीका शीर्ष नेताहरू भेटेर यस्तो कसरत गरिरहेका छन्।

Read More