Friday, October 18, 2024

सरकारले विपद् बाट भएको क्षतिको मूल्याङ्कन गर्न एक विशेष कार्यदल बनाउने

Share

सरकारले विपद् बाट भएको क्षतिको मूल्याङ्कन गर्न एक विशेष कार्यदल बनाउने भएको छ । कार्यदलले १५ दिनभित्र विवरण सङ्कलन गर्ने भएको छ ।

गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज बसेको ‘राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यसमिति’ को बैठकले गृह, अर्थ, स्वास्थ्य तथा जनसङ्ख्या, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपछी, शहरी विकास, खानेपानी, ऊर्जा जलस्रोत तथा सिँचाइ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव र सम्बन्धित क्षेत्रका विज्ञ सम्मिलित कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

बैठकले क्षतिग्रस्त सरकारी तथा सार्वजनिक भवन, सडक, पुल, खानेपानी, विद्यालय, स्वास्थ्य संस्थालगायतका संरचनाको तत्काल पुनर्निर्माण कार्य सम्बन्धित मन्त्रालयले अगाडि बढाउने निर्णय गरेको हो ।

सम्वन्धित

अन्य समाचार