पोखरामा सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। दुई मोटरसाइकल एकआपसमा ठाेक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मृत्इु हुने मृत्यु हुनेमा जिल्ला गोरखा पालुङटार घर भएका वर्ष ३० का सुक्रराज श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए।
पोखरा-२५ फुर्केटारी चोकमा ग १६ प २९१ नम्बर र बागमती प्रदेश ०२–०१६ प ७०८४ नम्बरको मोटरसाइकल एकआपससमा ठक्कर खाँदा दृर्घटना भएको थियो।
मृतक श्रेष्ठले ग १६ प २९१ नम्बरको मोटरसाईकल चलाएका थिए। अर्को मोटरसाईकलनमा सवार दुई जना घाईते भएका छन्।
बिहीबार साँझ भएको दुर्घटना परी घाइत भएका तीनजनालाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा श्रेष्ठको उपचारको क्रममा गएराति मृत्यु भएको थियो। अन्य दुई जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । घटन बारे प्रहरीले थप अनुसन्धान थालेको जनाएकाे छ।