Friday, October 18, 2024

झापा गाउँपालिकामा २७ जोडीले गरे सम्बन्धविच्छेद

Share

झापा, २९ बैशाख । झापाको झापा गाउँपालिकामा सम्बन्धविच्छेदको घटना बृद्धि भएको छ ।

गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत गजेन्द्र थपलियाले यो वर्षमा सम्बन्धविच्छेद गर्नेको संख्या अघिल्लो बर्षको तुलनामा बढेको बताए । उनका अनुसार अदालतबाट सम्बन्धविच्छेद गरी विभिन्न वडाबाट सम्बन्धविच्छेदको प्रमाण पत्र लिनेको संख्या २७ रहेको छ ।

त्यसैगरी, एक वर्षमा ४४१ जोडीले विवाह दर्ता प्रमाणपत्र लिएका छ्न् भने १४२ पुरुष र १४२ पुरुष गरी २८४ जनाको मृत्यु दर्ता भएको प्रमुख प्रशासकीय अधिकृत थपलियाले जानकारी दिए । त्यस्तै, सोही अवधिमा ६१९ बालक र ६३८ बालिका गरी १२५७ जनाको जन्म दर्ता भएको छ ।

सोही अवधिमा १०१ परिवारका ३२७ जना अन्यत्रबाट बसाइँसराइ गरी झापा गाउँपालिका आएका छ्न् भने १२८ परिवारका ४२८ जनाले झापा गाउँपालिकाबाट अन्यत्र गएको प्रमुख प्रसाशकीय अधिकृत थपलियाले बताउनुभयो । २०८० बैशाख १ गतेदेखि २०८० चैत्र १ गतेसम्म २२३९ जनाले व्यक्तिगत घटना दर्ता गरेको गाउँपालिकाले जनाएको छ ।

सम्वन्धित

अन्य समाचार