Friday, October 11, 2024

कनकाई नगरमा अवस्थामा फेला पारेको ४ सय ५० केजी माछा नष्ट

Share

जिल्ला प्रहरी कार्यालय झापाले बेबारिसे अवस्थामा फेला पारेको माछा नष्ट गरेको छ । झापा प्रहरीका प्रवक्ता महेन्द्र पराजुलीका अनुसार आइतवार १० बजे फेला पारेको माछा जिल्ला प्रहरी कार्यालयको परिसरभित्र खाल्डो खनेर पुरिएको छ ।

प्रहरीले कन्काई नगरपालिका वडा नं.८ घाग्रा पुलस्थित लोकमार्गको दक्षिण किनारमा बेवारिसे अवस्थामा फेला पारेको रहु, सिलिङ तथा पमप्लेट जातको ४५० के.जि. माछा नष्ट गरेको जनाएको छ ।

बिर्तामोड नगरपालिकाले भारतबाट आयात हुने मरेका माछाहरु पूर्ण रुपमा प्रतिवन्ध लगाएको छ । बिर्तामोडले प्रतिवन्ध लगाएसँगै अन्य पालिकाहरुले पनि कडाई गरिरहेका छन् । मरेका माछा आयातमा प्रतिवन्ध लगाएपछि लुकाईछुपाई व्यापारीहरुले व्यापार गर्दै आएका छन् ।

सम्वन्धित

अन्य समाचार