Friday, October 18, 2024

लियोको मिनि म्याराथुनमा धरानका प्रसान्त तामाङ्ग प्रथम

Share

कनकाई / लियो क्लव अफ कनकाई सुरुङ्गाको आयोजनामा सुरुङ्गामा सोमबार मिनि म्याराथुन प्रतियोगिता सम्पन्न भएको छ।
मानिसको स्वास्थलाई ध्यानमा राख्दै कनकाई सुरुङ्गामा लियो क्लवले पहिलो पटक मिनि म्याराथुन प्रतियोगिता आयोजना गरेको लियो क्लव अफ कनकाई सुरुङ्गाका अध्यक्ष रमण चौधरीले बताउँनुभयो।


सुरुङ्गा चोकबाट दक्षिण टप्पु चोक , चारआली चोक गोहिखाडी हुँदै पुन सुरुङ्गा चोक सम्म ७ किलोमीटर दुरिको दौडमा जम्मा ५४ जनाको सहभागीता रहेको थियोे । दौडमा धरानका १९ वर्षिय प्रसान्त तामाङ्ग प्रथम भएका छ्न । प्रथम भए सगै उनले नगद २० हजार रुपैयाँ मेडल ट्रफि र प्रमाणपत्र प्राप्त गरेका थिए ।
त्यस्तै प्रतियोगितामा दमकका २० वर्षिय सरोज सिङ्ग द्वितीय हुँदा बिर्तामोडका १९ वर्षिय सुख देव टुडु र २० वर्षिय शिव कार्की द्वय तेस्रो हुन सफल भएका थिए । द्वितीय सिङ्गले १० हजार रुपैयाँ मेडल ट्रफि र प्रमाणपत्र प्राप्त गरे भने तृतीय हुने द्वय टुडु र कार्कीले नगद ५ हजार सहित मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए ।


कार्यक्रमका विजेता सबैलाई कार्यक्रमका प्रमुख अतिथि कनकाई नगर उप प्रमुख अाश शर्मा शिवाकोटी , विशिष्ट अतिथि लायन्स ३२५ सि का द्वितीय डिस्ट्रिक गर्भनर लिलाप्रसाद चिमरिया , वडा नं. ३ का वडा अध्यक्ष युवराज चौलागाईं , लियो क्लवका ३२५ सि का अध्यक्ष प्रवेश वास्ताकोटी , सचिव संजय जंग थापा लगायतले पुरस्कार वितरण गर्नुभएको थियोे ।

कार्यक्रममा लायन्स क्लब अफ कनकाई सुरुङ्गाका पुर्व अध्यक्षहरु रुपनारायण खतिवडा , साजन थापा , लायन्स क्लब अफ कनकाइ सुरङ्गाका अध्यक्ष संजय गजुरेल , लायन्स क्लब अफ कनकाई दुर्गापुरका द्वितीय उपाध्यक्ष भुवन खतिवडा , ईलाका प्रहरी कार्यलय सुरुङ्गाका प्रमुख प्रविण भट्टराई , टंक प्रसाद दाहाल लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रमको अौचित्यमाथि प्रकाश म्याराथुन दौड प्रतियोगिताका संयोजक रोषन प्रसाईले पार्नु भएको थियो भने कार्यक्रमको संचालन क्लबका सचिव मिना कुमारी दासले गर्नुभएको थियोे ।

सम्वन्धित

अन्य समाचार