Sunday, December 22, 2024

स्वर्णलक्ष्मी साकोसको सप्ताहमा सदस्यलाई सम्मान, विद्यार्थी ब्याग

Share

९ चैत२०८० कनकाई ।

झापाको दमकमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले उत्कृष्ट सदस्यलाई सम्मान गरेको छ ।

कनकाई–३ स्थित जेसीज भवनमा १५औं स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तरगत ‘सदस्य शिक्षा तथा अन्तरक्रिया, स्वास्थ्य शिविर, उत्कृष्ट कारोबार गर्ने सदस्यलाई सम्मान एवम् गरीब जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण’ गरेको हो ।कार्यक्रममा संस्थाले उत्कृष्ट कारोबार गर्ने पाँच जना सदस्यलाई सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा चेतनकुमार प्रसाईं, धनकुमारी प्रधान, निरोज सुवेदी, अनिता अग्रवाल र ऋषिकेश मैनाली रहेका छन् ।कार्यक्रममा कनकाई–३ स्थित जनचेतना आधारभूत विद्यालयका ३० जना बालबालिकाहरुलाई ब्याग वितरण गरिएको संस्थाकी सहायक अधिकृत गायात्रा ढकालले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि वडा नं. ३ का वडाध्यक्ष युवराज चौलागाईं, संस्थाका अध्यक्ष बुद्धिसागर बराल, कनकाई नगरपालिकाका सहकारी शाखा प्रमुख हरिप्रसाद पौडेल, भगवती बचत तथा ऋण सहकारी संस्थाका खेम प्रसाईं लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।संस्थाका व्यवस्थापक कमलकुमार घिमिरेले सदस्य शिक्षा प्रदान गरेको कार्यक्रममा स्वागत सेवा केन्द्र सञ्चालन उपसमिति सदस्य भरतकुमार ढकालले स्वागत गर्नुभएको थियो ।

दमकस्थित आमा डेन्टल अस्पतालको प्राविधिक सहयोगमा भएको दन्त परीक्षण शिविरमा ६० जनाले सेवा लिएको सुरुङ्गा सेवा केन्द्रका प्रमुख विनोद घिमिरेले जानकारी दिनुभयो ।झापा र मोरङको १७ वटा पालिकामा सेवा प्रवाह गर्दै आएको स्वर्णलक्ष्मी साकोसमा ९ हजार ५ सय बढी सदस्य रहेको संस्थाकी सहायक अधिकृत गायात्रा ढकालले जानकारी दिनुभयो ।

साकोसको सप्ताह कार्यक्रम अन्तर्गत आगामी ११ गते आईतबार मुख्य कार्यलय दमकमा एक कार्यक्रमको आयोजना गरि समापन गरिने सुरुङ्गा सेवा केन्द्रका प्रमुख विनोद घिमिरेले जानकारी दिनुभयो ।

सम्वन्धित

अन्य समाचार