चन्द्र बस्नेत कनकाई१४ माघ २०८०
झापाको कनकाई वडा नं. १ र ७ मा रहेको विहानी महिला समुहमा आवद्ध महिलाहरुका लागि सीप मुलुक धूप बनाउने सम्बन्धी ३ दिवशीय तालिम आईतबार समापन भएको छ ।
तालिम गएको १२ गतेबाट स्व-रोजगार सृजना गर्न महिलाहरुका लागि सीप मुलक धुप बनाउने तालिम समापन भएको हो ।तालिममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्दै कार्यक्रमकी प्रमुख अतिथि समेतरहनु भएकी कनकाई नगरपालिकाकी उप प्रमुख आशाशर्मा शिवाकोटीले तालिम लिइएका सहभागीहरुलाई आफै पनि सामाग्री जुटाएर यहाँ सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सुझाब दिनुभयो ।
![](https://sajhanewss.com/wp-content/uploads/2024/01/IMG-20240128-WA0016-1024x768.jpg)
उहाँले महिलाहरुले समूह बनाई सामाग्रीहरु उत्पादन गरी विक्री वितरण गरि स्व-रोजगार बन्न आग्रह गर्नुभयो ।उहाँले नगर तथा वडाले स्व-रोजगार बन्नका लागी महिला लक्षित कार्यक्रम निरन्तर गर्दै जाने भन्दै आगामी दिनमा पनि सावन, हर्पिक, फिनेल लगायतका सामाग्री बनाउने योजना अघि सार्न सुझाव दिनुभएको थियोे ।
बिहानी महिला समुहकी अध्यक्ष ईन्दिरा भुजेल (मन्जु)को सभापतित्तमा भएको कार्यक्रममा सहजकर्ता जागरण एकल महिला समुहकी सचीव गिता शिवाकोटी र मनमाया थापाले आफुले विभिन्न क्षेत्रहरुमा तालिम गराएर धेरै महिलाहरुलाई आय आर्जन गर्न सक्षम बनाएको बताउदै सीप सिकेपछी केही गर्छु भनी लागि पर्न आग्रह गर्नुभएको थियोे ।
![](https://sajhanewss.com/wp-content/uploads/2024/01/IMG-20240128-WA0011-1024x1024.jpg)
त्यस्तै तालिम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि वडा न-१ का अध्यक्ष शुशिलकुमार पोखरेलले महिलाहरुले तालिममा सिकेको कुरालाई व्यवसायिक बनाउन वडाबाट आवश्यक बजेटको व्यवस्था गरिदिने घोषणा गर्नुभएको थियोे । तपाईहरु सिकेको सिपबाट उद्यमी बन्छु भनेर आउहोस् हामी कामको थालनी गरिदिन्छौ उहाँले फेरि थप्नुभयो ।
![](https://sajhanewss.com/wp-content/uploads/2024/01/IMG-20240128-WA0014-1024x580.jpg)
तालिम समापन कार्यक्रममा कनकाई बिहानी क्लबका अध्यक्ष मनोज बस्नेत, क्लबका सल्लाहकार तथा भवन निर्माण समिती सचिव लोकनाथ उप्रेती , सहजीकरण महिला समुहकी सचीव निर्मला बस्नेत लगायतले सिकेको सिपको सहि सदुपयोग गरि स्व-रोजगार बन्न सुझाव दिनुभएको थियोे ।
![](https://sajhanewss.com/wp-content/uploads/2024/01/IMG-20240128-WA0012-1024x771.jpg)
त्यस्तै प्रशिक्षार्थिको तर्फबाट शर्मिला चुडालले यसरी सिक्ने अवसर प्राप्त गर्न पाएकोमा खुसी व्यक्त गर्दै अब आफ्नो लागि आफै केही गर्न सकिने भएका छौ आयोजक सस्था प्रती आवार ब्यक्त गर्नु भयो । तालिममा बिहानी महिला समुहका ३६ जना महिलाहरुले सहभागिता रहेकोे समुहकी कोषाध्यक्ष तुलसा थापाले जानकारी दिनुभयो ।
![](https://sajhanewss.com/wp-content/uploads/2024/01/IMG-20240128-WA0015-1024x1024.jpg)
तालिमको सहजीकरण जागरण एकल महिला समुहकी सचिव गिता शिवाकोटी र सदस्य मनमाया थापाले गर्नु भएको थियोे । बिहानी महिला समुहकी उपाध्यक्ष गायत्री उप्रेतीले स्वागत गरेको तालिमको सन्चालन बिहानी महिला समुहकी सचीव शुरेखा कार्कीले गर्नुभएको थियोे ।