Friday, October 18, 2024

ज्येष्ठ नागरिक संघ कनकाई नगर समितिको गम्भिर ध्यानाकर्षण(प्रेस विज्ञप्ति सहित/

Share

साझा न्यूज \ झापाको कनकाई —३ सुरुङ्गा स्थित पाथिभरा चौतारी दक्षिण तर्फ ज्येष्ठ नागरिकको नाममा अव्यवस्थित तरिकाले टिनको टहरा निर्माण गर्ने प्रयास भएको कार्यप्रति ज्येष्ठ नागरिक संघ कनकाई नगर समितिको गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।

टहरा निर्माणका विषयमा ज्येष्ठ नागरिक संघ कनकाई नगर समितिका तर्फबाट अध्यक्ष शम्भुप्रसाद पोखरेल र सचिव कृष्णप्रसाद घिमिरेद्वारा हस्ताक्षर गरिएको प्रेस विज्ञप्ती जारी गर्दै निर्माणका विषयमा संघको कुनै पनि संलग्नता, सहयोग साथै सहकार्य समेत नरहेको जानकारी गराइएको छ ।

ज्येष्ठ नागरिकका नाममा भइरहेको गतिविधिप्रति स्थानीय सरकार र आम जनसमुदायबाट ज्येष्ठ नागरिक संघ कनकाई नगर समितिको धारणाप्रति सर्वत्र चासो बढेको अवस्थालाई मध्यनजर गर्दै संघको तर्फबाट सरोकारवाला सबैको ध्यानाकर्षण स्वरुप प्रेश विज्ञप्ती जारी गरिएको जनाइएको छ ।

संघका अध्यक्ष पोखरेलले समस्या समाधानकालागी आपसी छलफल र संवाद गर्नु पर्ने भन्दै स्थानीय सरकारको अनुमति बेगर भएको कार्यप्रति जेष्ठ नागरिक संघ कनकाईको गम्भिर ध्यानाकर्षण भएको बताए / ज्येष्ठ नागरिकहरुको हितकालागी स्थानीय सरकार सधैं गम्भिर रहेको आँफूहरुको बुझाई भएको भन्दै संघका अध्यक्ष पोखरेलले कनकाई नगरपालिकाबाट सोही स्थानमा निर्माण गर्न लागेको पार्क ज्येष्ठ नागरिकमैत्री हुनेमा आँफूहरु विश्वस्त रहेको जानकारी दिए ।कनकाई खबर

सम्वन्धित

अन्य समाचार