Friday, November 22, 2024

सबै सामान एउटै छानामुनि, सुरुङ्गामा गोरखा सपिङ्ग कम्प्लेक्स सञ्चालनमा

Share


बन्द निधेषित नगरिका रुपमा विश्वभरमा परिचित कनकाई नगरपालिका सुरुङ्गामा पछिल्लो समय एकपछि अर्को ठुला व्यापारिक र व्यावसायिक सपिङ्ग सेन्टर र उद्योग धन्दाहरु खुल्न थालेका छन ।


आज सुरुङ्गाबजार क्याम्पसरोड स्थित पुरानो तिम्सिना स्टोर्स रहेको स्थानमा झापाकै चर्चित गोरखा सपिङ्ग कम्प्लेक्स सञ्चालनमा आएको छ ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, कनकाई नगरपालिका ३ का वडाध्यक्ष युवराज चम्लगाई, वार्डसदस्य अनिल गोयल लगायातले उक्त सपिङ्ग कम्प्लेक्सको उदघाटन गर्नुभयो ।

विगत १५ बर्षदेखि झापाको सदरमुकाम चन्द्रगढीमा सञ्चालनमा रहदै आएको गोरखा सपिङ्ग कम्प्लेक्सको साखाका रुपमा यसका सञ्चालक चन्डीप्रसाद अधिकारीले सुरुङ्गा साखाको सुरुवात गर्नुभएको हो । गुणस्तरीय र उचित मुल्य आफ्नो कम्प्लेसको विशेषता रहेको सञ्चालक अधिकारीले बताउँनुभयो ।

खाद्यान्न सामान, लत्ताकपडा, कस्मेटिक आइटम देखि लिएर केटाकेटीका खेलौना, इलेक्ट्रनिक सामाग्रीहरु, गिफ्ट आइटम, पेयपदार्थ, किचन आइटम लगायात गृहणीहरुका लागि आवश्यक पर्ने सामाग्रीहरु एक्कै थलोमा पाईने र मुल्य र गुणस्तरमा एकरुपता पाइने हुदा उपभोक्ताहरु सन्तुष्ट भएर जाने सञ्चालक अधिकारीको भनाई छ । सपिङ्ग कम्प्लेक्समा नियमित रुपमा ५ देखि ३० प्रतिशतसम्म छुट पाईने समेत कम्प्लेक्सले जनाएको छ ।

आज भएको उद्घाटनमा यस क्षेत्र साथै छिमेकी पालिकाहरुबाट समेत ग्राहकहरुको भीड लागेको थियो । खाद्यान्न, किचन आइटम लगायातका सबै आवश्यकीय सामानहरु एउटै छानामुनि प्राप्त गरेपछि आफुहरुलाई सामान लिन चारतिर दौडनु पर्ने झन्झट हटेको स्थानीयको भनाई रहेको छ । लीलाराज झापाली

सम्वन्धित

अन्य समाचार