Friday, October 18, 2024

बाह्रदशीका रविन मृत्यु प्रकरण : सडकबाट उठाइएका शव पुनः घटनास्थलमा ल्याएर अनुसन्धान गरिँदै

Share

झापाको बाह्रदशी गाउँपालिका- ३ स्थित ‘राजगढ महोत्सव’ गएका एक जना मृत फेला परेका छन् ।

बिहीबारबाट शुरु भएको राजगढ महोत्सवमा गएका बाह्रदशी गाउँपालिका– ३ निवासी रविन उप्रेती मृत फेला परेका हुन् । बिहीबार साँझ राजगढ बजार पश्चिममा लगाइएको राजगढ महोत्सवमा गएका उप्रेती आज बिहान त्रिवेणी चौक नजिकै खेतमा मृत भेटिएसँगै प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

प्र-१-०१-०१६ प १५५३ नम्बरको मोटरसाइकल लिएर महोत्सव हेर्न गाएका उनी मृत भेटिएका हुन् । मृतक उप्रेतीले प्रयोग गरेको मोटरसाइकल शवको नजिकै लडेको अवस्थामा भेटिएको मृतकका आफन्त दिनेश मैनालीले बताए ।

उनले भने – शव र घटनाको प्रकृति हेर्दा मोटर साइकल दुर्घटनामा परी उनको निधन भएको जस्तो देखिँदैन तर, प्रहरीले मुचुल्का नै नगरी शव उठाएर लगेपछि हामीले विरोध गरेका हौँ ।अहिले मृतक रविनको शव पुनः सोही स्थानमा राखेर मुचुल्का गर्न लागिएको छ ।

तर, मृतकका आफन्त र स्थानीयले उप्रेतीको दुर्घटनामा निधन भएको हो या कसैले हत्या गरेर शव फालेको हो सो को अनुसन्धान नगरी शव उठाउन नदिने भन्दै विरोध गरिरहेका छन् ।सवारी दुर्घटनामा परी बेहोस अवस्थामा भेटिएका उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा स्थानीयले विरोध जनाएको प्रहरीको भनाई छ ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताए ।वैदेशिक रोजगारीका लागि साउदी गएका उनी २२ दिन अघि मात्रै घर फर्किएको बाह्रदशी गाउँपालिका कार्यपालिका सदस्य लक्ष्मी निरौला अधिकारीले बताइन् । वैदेशिक रोजगारीबाट फर्किएसँगै उनी जग्गाको कारोबार गर्दै आएका थिए ।

टाइमअफ प्रदेशबाट

सम्वन्धित

अन्य समाचार