Friday, October 18, 2024

श्रम सम्मान स्थापित गर्न, दुई महिला शिक्षकद्वारा आलुचपको व्यापार सुरु

Share

८ माघ २०८० कनकाई •चन्द्र बस्नेत

कुनै पनि काम सानो र ठुलो हुदैन, जबसम्म श्रमलाई समाजले सम्मान गर्न सक्दैन तव सम्म समुदायका नागरिकहरूले आर्थिक उन्नति गर्न सक्दैनन् भन्ने तथ्यलाई जनचेतना फैलाउने उद्देश्यले शिक्षा क्षेत्रमा काम गर्दै आएका पूजा संग्रौला र गायत्री लिम्बुले झापाको सुरुंगा बजारमा प्याजी तथा आलु चप को व्यापार सुरु गर्नुभएको छ ।

आज बाट सुरु गरेको खुद्रा व्यापार, १५ दिन सम्म सञ्चालन गर्ने बताईएको छ । नितान्त व्यक्तिगत रुपमा समाज प्रति सकारात्मक सोचको विकास गराउने उद्देश्यले सुरु गरेको आलु चप व्यापारमा प्रयोग गरिएका सामाग्रीहरू पन्ध्र दिन पछि कोही व्यक्तिले उक्त व्यवसाय गर्न चाहेमा सम्पूर्ण सामाग्रीहरू हस्तान्तरण गर्ने सोच रहेको व्यापारी पूजा सङ्ग्रौलाले बताउनुभयो।संग्रौला र लिम्बू श्री हरिकुल नमुना माध्यमिक विद्यालयमा शिक्षण पेशामा आवद्ध व्यक्ति हुनुहुन्छ ।

उहाँहरूले विद्यालयको शिक्षण गर्ने काम सकेपछि बेलुका ४ बजे देखि साडे पाँच बजेसम्म व्यापार गर्ने अर्कि व्यापारी गायत्री लिम्बुले जानकारी दिनुभयो ।शिक्षकले किताबी ज्ञान मात्र होइन व्यवहारिक ज्ञान दिन पनि सक्नु पर्छ, शिक्षकले सानोसानो काम गरेर देखाएर सम्भावनाको बाटो नदेखेकाहरूलाई गरिखाने बाटो देखाउनु पर्छ भनेर नै कामको सुरुवात गरेको व्यापारी लिम्बुले बताउनुभयो ।

पूजा र गायत्रीले गरेको कामको स्थानीयबासीले प्रशंसा गरेका गरिरहेका छन् । हामी सानातिना काम गर्न लजाउछौ , गर्दैनौ तर छिमेकी मुलुकबाट आएरै यहाँबाट सानोतिनो काम गरि पैसा कमाएर लानुहुन्छ भने आज अग्रज एवम् शिक्षित शिक्षा सेवि महिला शिक्षिकाको यो कामबाट हामी सबैले सिक्न जरुरी रहेकोे स्थानीय अग्रज व्यापारी जनक कार्कीको भनाई छ।

आफुहरूले आर्थिक आयश्रोतको उद्देश्य भन्दा सचेतनाको हिसाबले व्यापार सुरु गरेको व्यापारी पूजा सङ्ग्रौलाले बताउनुभयो।पन्द्र दिन सम्म गरिने व्यापार बाट प्राप्त हुने आम्दानी रकम कुनै सामाजिक संस्थालाई उपलब्ध गराउने व्यापारी पूजा सङ्ग्रौलाले बताउनुभयो।दुई महिला शिक्षिकाले श्रम सम्मानका लागि गरेको यो प्रयासलाई उदाहरणीय काम भन्दै हरिकुल नमुना माध्यमिक विद्यालयकी प्रबन्ध निर्देशक ग्रीशा रावल थापाले खुलेर प्रसङ्गसा गर्नुभयो ।

सबै शिक्षकहरूमा यस्तो गुण हुनुपर्ने धेरैको धारणा रहेको शिक्षक सन्दिप मरासिनीले बताउनुभयो।

सम्वन्धित

अन्य समाचार