Wednesday, February 5, 2025

नवलपरासीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

Share

नवलपरासी : नवलपरासीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। आइतबार बिहान साढे ११ बजे जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको हो । घाइतेलाई जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको छ । मृतकमध्ये ३ जना महिला र ३ पुरुष रहेका छन् ।

वौदिकाली गाउँपालिकाको माझडाँडाबाट महेन्द्रराजमार्गको दलदले बजारतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । मृतक कसैको पनि सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जीपको ब्रेक फेल भएका कारणले दुर्घटना भएको हो ।

सम्वन्धित

अन्य समाचार