Friday, October 18, 2024

प्रधानसेनापति शर्मा चीन भ्रमणमा जानुहुँदै

Share

काठमाडौंः प्रधान सेनापति प्रभुराम शर्मा यही कात्तिक १० गते जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा जानुहुने भएको छ ।

उहाँ चीनको बेइजिङमा यही कात्तिक १२ देखि १४ गतेसम्म सञ्चालन हुने दसौँ बेइजिङ स्याङ्गसन फोरमको उदघाटन समारोेहमा सहभागी हुन त्यसतर्फ जाने हुनुभएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

प्रधान सेनापति शर्मा चीनको भ्रमण सम्पन्न गरी यही कात्तिक १६ गते स्वदेश फर्कने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

सम्वन्धित

अन्य समाचार