Friday, October 18, 2024

कांग्रेसका सह-महामन्त्री यादवमाथि खुकुरी प्रहार, हतियारसहित एक पक्राउ

Share

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ ।रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा सहभागी भएर निस्किने क्रममा उहाँमाथि खुकुरी प्रहार भएको हो ।

नेता यादवलाई अहिले उपचारका लागि ट्रमा सेन्टरमा पुर्याइएको छ ।उहाँमाथि नुवाकोट घर भएका श्याम सापकोटा भन्ने व्यक्तिले आक्रमण गरेका थिए ।

खुकुरी प्रहार गर्ने सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्वन्धित

अन्य समाचार