Saturday, November 23, 2024

आफ्नै छोरीलाई करणी गरेर बाबु फरार

Share

रुपन्देही । रुपन्देहीमा एक बाबुले आफ्नै छोरीलाई करणी गरेर फरार भएका छन् ।

रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर २, तल्लो खैरेनीस्थित ३१ वर्षीय लक्ष्मण सुनारले १३ वर्षीया नाबालिग छोरीलाई आमा नभएको बेलामा बलात्कार गर्ने गरेको भन्दै उजुरी परेपछि उनी फरार भएका हुन् ।

प्रहरीले आरोपितको खोजतलास जारी राखेको जनाएको छ ।छोरीलाई पटक पटक बलात्कार गर्दै आएको आरोप लगाउँदै किशोरीकी आमाले उजुरी दिएकी छन् ।दोस्रो विवाह गरेकी पीडित बालिकाको आमाले छोरी पहिलो श्रीमानको भएको बताएकी छन् । चार महिनादेखि बालिकालाई आफूसँगै ल्याएकी थिइन् ।

गत असारदेखि डर, धम्की दिँदै आफ्नो आमा नभएको मौका छोपी पटक पटक बलात्कार गर्दै आएको बालिकाले बताइन् । हाल आरोपी फरार भएको स्थानीय टोल विकास संस्थाका अध्यक्ष शिवु सुनारले बताए ।उनले इलाका प्रहरी कार्यालय रन्यौरामा उजुरी गरिएको र अभियुक्तको खोजतलास भइरहेको बताए ।

इलाका प्रहरी कार्यालय रन्यौराका प्रमुख जीवन लामिछानेले अभियुक्तलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन इलाका प्रहरी कार्यालय बुटवलमा लेखी पठाएको बताए ।उनले करणीको मुद्दा इप्रका बुटवलले नै हेर्ने भएकाले उतै पठाएको बताए ।नेपाल प्रेसबाट

सम्वन्धित

अन्य समाचार