Friday, October 18, 2024

कारितास नेपालको ३ दिवसीय कार्यशाला सम्पन्न

Share

कारितास नेपालको ३ दिवसीय कार्यशाला सम्पन्नमिसियो जर्मनीको आर्थिक सहयोग तथा झापा गाउँपपालिका सँगको समन्वयमा कारितास नेपालद्धारा यसै गाउँपालिकाको वडा नं २, ३, ६ र ७ मा बिगत १० महिना देखि “सुरक्षित बैदेशिक रोजगारको प्रवद्र्धन तथा मानव बेचबिखन रोकथाम नामक परियोजना सञ्चालन गर्दै आएकोछ ।

बैदेशिक रोजगारलाई सुरक्षित, व्यबस्थीत र मर्याधित बनाउने, फिर्ती आप्रबासीहरुलाई स्वदेशमै पुर्नस्थापना प्रर्बद्धन गर्न सहयोग गर्ने एवं मानव बेचबिखन रोकथामा गर्ने प्रमुख उदेश्यका साथ सञ्चालित उक्त परियोजनाले यस क्षेत्रमा आफ्ना बिभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।यसै अवसरमा श्रावण १७ देखि १९ सम्म संचालन भएको आधारभूत व्यवसायिक योजना तर्जुमा, बजार व्यवस्थापन तथा मुल्य शृंखला कार्यशाला कानकाई नगरपालिका वडा नं ३ को लोटस रिसोर्टमा सम्पन्न भएको छ ।

कारितास नेपाल र झापा गाउँपलिकाको आर्थिक सहयोगमा परियोजन क्षेत्र भित्र संचालन भएको कुक, झोला बनाउने,इल्कट्रिसियन, बारिष्ता र व्यूटिसयन तालिम लिएका २० जना महिला र ३३ जना पुरुष सो ३ दिने कार्यशालामा सहभागि रहेका थिए । प्रदेशिक प्रबन्धक देवेन्द्र पोख्रेरलको अध्यक्षतामा सम्पन्न भएको समापन कार्यक्रमा प्रमुख अतिथी झापा गाउँपालिका कार्यवाहक अध्यक्ष अन्जु देवि थपलिया रहनुभएको थियो ।

थपलियाले सहभागिलाई हौशला प्रदान गर्दै सिकेको शिपबाट व्यवसहिक वा प्रशिक्षक बनेर आए गाउँपलिकाले विशेष सम्मान गर्ने बताउनु भएको छ । त्यसतै अतिथी वडा नं ३ का वडा सदस्य कुमर राईले नयाँ व्यावसाय सुरु गर्दा सुरुवतामा धेरै मेहेन्त गर्नु पर्ने र अरुले खुट्ट तान्दैमा नआतिन सुझाव दिनुभएको थियो ।

कार्यक्रमा बोल्दै होटलका संचाल धिरज प्रदानले सहाभागिहरुबाट कुक र वारिष्ता सिप सिकेकाहरुलाई लोटस रिसोटमा रोजगारको अवसर प्रदान गर्ने प्रतिवद्घता गर्नुभयो । सभापति पोख्र्रेलले झापा गाउँपालिकालाई विशेष धन्यवाद दिदै सधै कारितास नेपाल सगै हातेमालो गरेर कार्य गर्दै जाने बताउनुभो ।

सहजकर्ता लोकप्रिय खनालले सहचिकरण गर्नुभएको कार्यशालामा परियोजना अधिकृत हिमालय अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो भनि वरिष्ट सामाजिक परिचालक विवेक शिवाकोटीले कार्यक्रम संचालन गर्नुभएको थियो ।

सम्वन्धित

अन्य समाचार