Friday, October 18, 2024

फेसबुकमा युवतीकाे नग्न भिडियो राख्नेलाई प्रहरीले मलेसियाबाट पक्राउ गरी नेपाल ल्यायो

Share

युवतीको नग्न भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने एक जनालाई प्रहरीले मलेसियाबाट पक्राउ गरी नेपाल ल्याएको छ ।म्याग्दीको मंगला गाउँपालिका घर भई वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेका प्रकाश विकलाई प्रहरीले इन्टरपोलको सहयोगमा काठमाडौँ ल्याएर अनुसन्धान थालेको छ ।विकले फेसबुकमा एक युवतीसँग साथी बनेर अश्लील संवाद र नग्न भिडियो कल गर्ने गरेका प्रहरीले जनाएको छ । उनले नग्न भिडियो र अश्लील संवाद सामाजिक सञ्जालमा पोस्ट गर्नुका साथै युवतीका आफन्तलाई पनि पठाएको भन्दै उजुरी परेको थियो ।उनीमाथि विद्युतीय कारोबार ऐन २०६३ अनुसारको कसुरमा थप अनुसन्धान भइरहेको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ ।

सम्वन्धित

अन्य समाचार