Friday, October 18, 2024

बहुमत जुटे सरकारको दाबी गर्छौं – कार्की

Share

काठमाडौँ — कोशी प्रदेश

एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख, सभामुख र अन्य केही दलहरुले गरेको असंवैधानिक कामलाई सर्वोच्च अदालतले गलत ठहर गरेको उल्लेख गर्दै अब नयाँ सरकार निर्माणमा आफूहरु पनि लाग्ने बताएका छन् । उनले संविधान विपरीत चल्न खोज्नेलाई सर्वोच्चले सही बाटोमा ल्याएको उल्लेख गरे ।

कार्कीले दिएको रिटमाथि सर्वोच्चको पूर्ण इजलासले बिहीबार आदेश गर्दै कोशीमा २० दिनअघि भएको सरकार निर्माणको प्रक्रिया अवैधानिक भनेको थियो । सर्वोच्चको आदेशपछि कार्कीले साझान्यूजसँग भने, ‘संविधान विपरीत काम भएको थियो त्यो कुरा सर्वोच्चले पनि भनिदिएको छ । अब हामी फेरि सरकार निर्माणको प्रक्रियामा लाग्छौं ।’

सर्वोच्चले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार बनाउने प्रक्रिया सात दिनभित्र पूरा गर्न भनेको छ । त्यो अवधिभित्र एमालेले पनि बहुमत जुट्ने अवस्था बने सरकारमा दाबी गर्ने उनले बताए । उपधारा २ अन्तर्गत कुनै पनि दलले बहुमत प्राप्त गर्ने अवस्था नबने त्यस्तो अवस्थामा प्रदेश सभामा रहेको ठूलो दलले सरकार निर्माण गर्न सक्ने गरी अदालते संविधानको धारा नै उद्धृत गरेर बिहीबार आदेश गरेको छ । यही हालको गठबन्धनले बहुमत पुर्‍याउन नसकेको अवस्थामा संविधानको अर्को उपधारा अनुसार स्वत: एमालेको सरकार बन्छ ।

सम्वन्धित

अन्य समाचार