Friday, November 22, 2024

काँकडभिट्टाबाट एक लाख बढीको मोबाइल सामग्री बरामद

Share

झापा । भारतबाट भन्सार छलेर नेपाल भित्राइएको एक लाख बढीको मोबाइल सामग्री प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका- ६ बाट मोबाइलको कभर ६८ थान र एयरफोन २२५ पिस बरामद गरेको हो ।सो सामान चोरी तस्करीबाट भित्राएर नेपाली बजारतर्फ लैजान खोजेको अवस्थामा प्रहरी बरामद गरेको बताइएको छ । बरामद गरिएको सामानलाई करिब १ लाख ३ हजार रुपैयाँ मूल्याङ्कन तोकेर मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइसकेको प्रहरीले जनाएको छ ।

सम्वन्धित

अन्य समाचार