Wednesday, February 5, 2025

सहायक प्रशिक्षक कटवालसहित तीन फुटबलर पुरस्कृत

Share

बिर्तामोड, जेठ १० । झापाका तीनजना फुटबलर गृहनगरमा सम्मानित तथा पुरस्कृत भएका छन् ।सम्मानित तथा पुरस्कृत हुनेहरुमा राष्ट्रिय फुटबल टिमका सहायक प्रशिक्षक प्रवेश कटवाल तथा युवा फुटबलर निशान खड्का र अभिषेक बराल छन् ।उनीहरुलाई बिर्तामोड नगरपालिका नगर खेलकुद विकास समितिले एक कार्यक्रम गरेर सम्मान गरेको अध्यक्ष विकास गिरीले जानकारी दिए ।तीनैजनालाई नगद ११ हजार र सम्मानपत्र प्रदान गरिएको सदस्य विशाल अग्रवालले बताए । कटवाल बिर्तामोड १० तथा खड्का र बराल बिर्तामोड ५ का स्थायी बासिन्दा हुन् ।कार्यक्रममा कटवाल उपस्थित रहे भने खड्का र बराल ए डिभिजन लिगका कारण आउन सकेनन् । कटवाललाई नगर उपप्रमुख नगेन्द्र संग्रौलाले सम्मानपत्र प्रदान गरेका थिए ।

सम्वन्धित

अन्य समाचार