मंगलबार बिहान गएको भूकम्पको धक्काले आत्तिएर काठमाडौंमा एक व्यक्ति घरको छतबाट हाम फालेका छन्।
नागार्जुन नगरपालिका वडा नम्बर १० स्युचाटार निवासी एक जना पुरूष छतबाट हामफालेका हुन ।
दुवै खुट्टामा चोट लागेका उनको अहिले मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

त्यसैगरी भूकम्पको धक्काले आत्तिएर बारामा विद्यार्थीहरु बेहोस भएका छन्। बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएका छन् ।
आज बिहान ६ बजेर ५० मिनेट जाँदा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो।