Sunday, January 19, 2025

झापाको कनकाईमा चिनियाँ टोलीद्वारा छलफल ।।

Share

२५ मंसिर २०८१
कनकाई


झापाको कनकाई नगरपालिकामा चिनियाँ टोलीले विभिन्न विषयमा छलफल गरेको छ ।

मंगलबार कनकाई नगरमा आएको टोलीले कनकाईमा नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, उप–प्रमुख आशा शर्मा शिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठ, योजना शाखा प्रमुख जमुना कटुवाल, इन्जिनियर विशाल थेवे, विष्णु राई लगायतको टोलीसँग कनकाई नगरपालिकामा कृषि, पर्यटन सौर्य तथा उद्योग लगायतका विषयमा छलफल गरेको हो ।

चीनको जेजिङ्ग प्रान्तबाट आएको उद्योगीको टोलीले सुरुमा नगर प्रमुखको कार्यकक्षमा भएको छ्लफलमा कनकाईमा कृषि, पर्यटन तथा उद्योग लगायतका क्षेत्रमा के–के स्थापना गर्न सकिन्छ र यहाँ विशेष गरी कृषिमा चिया खेती, चियाका लागि उद्योगको स्थापना कसरी गर्न सकिन्छ साथै पर्या–पर्यटनको क्षेत्रमा कसरी अगाडी बढ्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

चिनियाँ उद्योगपति छाङ्यी नेतृत्वको टोलीले झापाको कनकाई र इलामको सूर्योदय नगरपालिकामा यस्ता परियोजनालाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने उद्देश्यका साथ कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको आग्रहमा स्थलगत परियोजना सम्भाव्यता अध्यनका लागि कनकाईमा आएको चिनियाँ उद्योगपति छाङ्यीले बताउनुभयो ।

उद्योगपति छाङ्यीको टोलीलाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, उप–प्रमुख आशा शर्मा शिवाकोटीले कनकाईमा कृषि, पर्यटन, सौर्य तथा उद्योगका लागि सम्भाव्यता क्षेत्र कनकाई–४ को कोटीहोमदेखि कनकाई–२ को धनुषकोटीधामसम्मको स्थलगत भ्रमण गराउनुभएको थियो । टोलीमा इलामको सूर्योदय नगरपालिकामा नगर प्रमुख रणबहादुर राई योजना शाखा प्रमुख खेमराज राई ईन्जिनियर सिर्जन गदाल लगायतको पनि उपस्तिथ रहेको थियो । चिनियाँ टोलीलाई भाषाको सहजीकरण रिना मल्लले गर्नुभएको थियो ।

सम्वन्धित

अन्य समाचार