Sunday, February 23, 2025

सन्थाल मेला यसबर्ष पनि सुरुङ्गास्थित कनकाई माविको खेल मैदानमा लाग्ने

Share

परम्परागत रुपमा लाग्दै आएको भव्य सन्थाल मेला यसबर्ष पनि सुरुङ्गास्थित कनकाई माविको खेल मैदानमा दसैकोे फुलपाती सप्तमीमा लाग्ने भएको छ । आयोजक कनकाई खेलकुद प्रतिष्ठानले पत्रकार सम्मेलनको आयोजना गरि सन्थाल मेलाको तयारी पूरा भएको जानकारी दिएको हो । कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष छवि थपलियाले प्रतिष्ठानले अतिरिक्त क्रियाकलाप कार्यक्रम अन्र्तगत हरेक बर्ष लोप हुदै गइरहेको सन्थाल नाच प्रतियोगिताको आयोजना गरिदै आएको बताउँनुभएको छ ।

प्रतियोगितामा सहभागि हुन चाहने टोलीले कम्तीमा १५ जनालाई समावेश गर्नुपर्ने नियम रहेको र प्रथम हुने टिमले नगद ३५ हजार रुपैँया प्राप्त गर्ने र यसका लागि कनकाई ३ का पुष्प संग्रौलाको परिवारबाट उक्त पुरस्कार प्रदान गरिने जानकारी दिइएको छ । यसैगरि दोस्रो पुरस्कार नगद २५ हजार रुपैँया प्राप्त गर्ने र यसका लागि कनकाई ३ को एलक्स कन्ट्रशन प्रालि रहेको जानकारी गराइएको छ । शान्तना पुरस्कार १० हजार र अन्य विधागत पुरस्कार पनि रहेको छ । यसका लागि कनकाई नगरपालिकाबाट मुख्य सहयोग रहेको समेत पत्रकार सम्मेलनमा कनकाई खेलकुद प्रतिष्ठानका संस्थापक अध्यक्ष ज्योतीकुमार उप्रेतीेले बताउँनुभयो ।

सन्थाल मेलामा जम्मा ३ लाख ९८ हजार खर्च हुने अनुमानित लागत रहेको बताइएको छ ।मेला सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु बनाइएको जसमा मुल संयोजक गोपाल खरेल, आर्थिक समिति संयोजक छवि थपलिया, प्रचार प्रसार संयोजक भुवन खतिवडा, अतिथि सत्कारमा उपाध्यक्ष अम्बिका खरेल, मञ्च व्यावस्थापनमा रमेशचन्द्रबाबु मैनाली, स्वयम सेवक व्यावस्थापनमा सुनिल मुर्मु रहनुभएको छ । यता सन्थाल मेला तथा नृत्य प्रतियोगिताको उदघाटनको प्रमुख अतिथिमा सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल रहनुभएको छ ।

सम्वन्धित

अन्य समाचार