Friday, October 18, 2024

मेची राजमार्गको हेवा खोलामा फड्के निर्माण

Share

पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सिमावर्ती मेची राजमार्गको हेवा खोलामा फड्के निर्माण गरी पैदल र मोटरसाइकल तार्न सुरु गरिएको छ । नेपाली सेना, सशस्त्र, प्रहरी स्थानीय लगायतको सक्रियतामा ५ दिन मा फड्के निर्माण गरिएको हो । मोटरसाइकल सम्म तार्न सकिने गरी बनाइएको फड्केमा आवतजावत गर्न सहज भएको छ । गत असोज १२ गते अविरल वर्ष सँगै आएको बाढीले त्यहाँ अवस्थित बेली ब्रिज बगाएपछी पाँचथरको हिलिहाङ, याङवरक गाउँपालिका सँगै सिङ्गो ताप्लेजुङ सम्म सडक सञ्जाल टुटेको थियो ।

सम्वन्धित

अन्य समाचार