Friday, October 18, 2024

झापाको कालीका सामुदायिक वनमा दारा काटिएको अवस्थामा एउटा हात्ती मृत फेला

Share

झापा । झापामा दुवै दारा काटिएको अवस्थामा एउटा जंगली हात्ती मृत फेला परेको छ । मेचीनगर नगरपालिका- १२ स्थित कालीका सामुदायिक वनभित्र मंगलबार बेलुका साढे ४ बजेको समयमा हात्ती मृत भेटिएको जानकारी प्राप्त भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिए ।

स्थानीयले हात्ती मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी र वन कर्मचारीको टोली घटनास्थल पुगेको थियो । ‘हात्तीको अवस्था हेर्दा अन्दाजी ३० घण्टा जति भयो मरेको,’ वन प्रमुख राईले भने, ‘दारा काटिएको सुन्नमा आएको छ, घटनाको विस्तृत विवरण भोलि पोस्टमार्टम गरेपछि मात्र खुल्छ ।’ मृत भेटिएको हात्तीको नजिकै अर्को हात्ती रहेकोले प्रहरी र वन टोली नजिकै पुग्न सकिरहेको छैन । मृत हात्तीलाई सुरक्षा दिन प्रहरी र वन कर्मचारी खटाइसकेको उनले बताए । यो सँगै जिल्लामा २०६२ यता २० वटा हात्ती मरेको अवस्थामा भेटिएको जनाइएको छ । Times of Pardesh

सम्वन्धित

अन्य समाचार