Friday, October 18, 2024

भेट्रान कप:बिर्तामोड भेट्रान क्लब फाइनलमा प्रवेश

Share

कनकाई/ झापाको सुरुङ्गामा जारी प्रदेश स्तरीय भेट्रान कप फुटबल प्रतियोगीतामा बिर्तामोड भेट्रान क्लब फाइनलमा प्रवेश गरेको छ ।

कनकाई भेट्रान क्लब सुरुङ्गाको आयोजनामा कनकाई नगरपालिका ३ सुरुङ्गा स्थित कनकाई माविको खेलमैदानमा जारी प्रतियोगिताको बुधबार भएको पहिलो सेमिफाइनल खेलमा बिराटनगर भेट्रान क्लबलाई १-० गोल अन्तरले हराउँदै बिर्तामोड भेट्रान क्लब फाइनलमा प्रवेश गरेको हो ।

प्रतिस्पर्धात्मक देखिएको खेलको पहिलो हाफको थप समयमा बिर्तामोडका जर्सि नं. २१ का खेलाडी बिमल गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाए ।
खेलको दोस्रो हाफ पनि निकै प्रतिस्पर्धात्मक देखियो बिराटनगरले धेरै पटक गोल गर्ने मौका पायो तर सबै मौका चुकायो । अन्तत: पहिलो हाफमा बिर्तामोडले गरेको गोलनै निर्णायक गोल बन्न पुग्यो ।

खेलको म्यान अफ द म्याच बिर्तामोडका जर्सि नं. १४ का खेलाडी सन्तोष बस्नेत घोषित भए । उनलाई कनकाई स्पोर्टिङ क्लबका अध्यक्ष ईन्द्रजित बुढाले स्पोन्सर गरेको नगद २ हजार स्पोन्सर कर्ता बुढाले प्रदान गरे ।

त्यस्तै खेलको सुरुवातमै पहिलो गोलकर्तालाई १ कीलो घ्यु प्रदान गर्ने घोषणा गरेका कनकाई ३ निवासी खेल प्रेमी मेचीमहाकाली पैदल यात्री हरि प्रसाद तिम्सिनाले पहिलो गोलकर्ता बिमल गुरुङलाई १ कीलो घ्यु प्रदान गरे ।

दोस्रो सेमिफाइनलमा विहिबार अायोजक कनकाई भेट्रान क्लब र दुधे भेट्रान क्लबिच प्रतिस्पर्धा हुने खेल संयोजक उज्वल बास्तोलाले जानकारी गराएका छन ।

झापा, मोरङ र सुनसरीका ८ वटा टिमको सहभागीता रहेको प्रदेश स्तरीय प्रतियोगिताको फाईनल खेल चैत १० गते शनिवार हुने छ । प्रतियोगिताको विजेताले नगद पुरस्कार १ लाख १ हजार र उपविजेताले नगद ६५ हजार रुपैयाँ प्रमाणपत्र , ट्रफी र मेडल साथै म्यान अफ द टुर्नामेन्टले नगद ५ हजार प्राप्त गर्ने क्लबका सचिव तथा प्रतियोगिताका प्रचार प्रसार समिति संयोजक रमेश चन्द्र मैनालीले जानकारी गराएका छन ।

सम्वन्धित

अन्य समाचार