Friday, October 18, 2024

भेट्रान कप : उर्लाबारी लाई हराउँदै आयोजक कनकाई सेमिफाइनलमा प्रवेश

Share

सिएम शर्मा

कनकाई /कनकाई भेट्रान क्लब सुरुङ्गाको आयोजनामा झापाको कनकाई नगरपालिका ३ सुरुङ्गा स्थित कनकाई माविको  खेलमैदानमा जारी तेस्रो प्रदेश स्तरिय भेट्रान कप फुटबल प्रतियोगीतामा आयोजक कनकाई भेट्रान सेमिफाइनलमा प्रवेश गरेको छ ।

उर्लाबारी भेट्रान र कनकाई भेट्रान बिच आईतबार भएको प्रतियोगितामा उर्लाबारी लाई २-० गोल अन्तरले हराउदै आयोजक टिम कनकाई भेट्रान सेमिफाइनलमा प्रवेश गरेको हो ।

आयोजकका लागि दुबै गोल टिमका क्याप्टेन समेत रहेका दिलकुमार कार्कीले गरे । खेलको पहिलो हाफमा दुबै टिमले आक्रमक खेल खेले पनि कतै बाट गोल हुन सकेको थिएन ।  प्रतिस्पर्धात्मक देखिएको खेलको दोस्रो हाफमा उर्लाबारीले धेरै गोल गर्ने मौका चुकायो भने टिम क्याप्टेन समेत रहेका जर्सि नं. ११ का कनकाईका खेलाडी दिलकुमार कार्कीले खेलको १८ औँ मिनटमा पेनाल्टी एरियामा पाएको पासलाई गोलमा परिणत गर्दै टिमलाई अग्रता दिलाए । एक गोल गरेपछि हौसला पाएका कनकाइका खेलाडी कार्कीले दोस्रोपटक पनि पेनाल्टी एरियामा राम्रो पास पाए र गोल पोस्टमा प्रहार गरे तर गोल पोस्ट  माथिबाट बाहिरियो । फेरि पनि दोस्रो गोलको खोजिमा रहेका कार्कीले खेलको थप समयमा गोल गर्दै आफ्नो र टिमको नाममा दुइगोल वनाए ।

खेलको म्यान अफ द म्याच उनै गोल कर्ता कार्की घोषित भए । उनलाई नवजीवन प्रतिष्ठानको स्पोन्सर रहेको नगद २ हजार पुरस्कार प्रतिष्ठानका संचालक प्रेम चन्द्र राईले प्रदान गरे ।

झापा, मोरङ र सुनसरीका ८ वटा टिमको सहभागीता रहेको प्रदेश स्तरीय प्रतियोगिताको विजेताले नगद पुरस्कार १ लाख १ हजार र उपविजेताले नगद ६५ हजार रुपैयाँ , प्रमाणपत्र , ट्रफी  र मेडल साथै म्यान अफ द टुर्नामेन्टले नगद ५ हजार र म्यान अफ द म्याचले नगद २ हजार प्राप्त गर्ने अायोजक कनकाई भेट्रान क्लवका अध्यक्ष श्याम राईले जानकारी गराएका छन ।


प्रतियोगिताको सोमबार हुने तेस्रो दिनको खेलमा धरान भेट्रान क्लव र बिर्तामोड भेट्रान विच प्रतिस्पर्धा हुने आयोजक समिति कनकाई भेट्रान क्लवका सचिव तथा प्रचार प्रसार समिति संयोजक रमेशचन्द्रबाबु मैनालीेले जानकारी गराएका छन ।

सम्वन्धित

अन्य समाचार