Thursday, November 21, 2024

छैटौँ संस्करणको झापा गोल्ड कप सफल पार्नझापाका राजनीतिक दलहरु एकजुट

Share


८ फागुन २०८० कनकाई

छैटौँ संस्करणको झापा गोल्ड कप सफल पार्न
झापाका राजनीतिक दलहरु एकजुट भएका छ्न। झापा गोल्ड कपको छैटौँ संस्करणको तयारीका सन्दर्भमा सचिवालयमा आज आयोजित छलफलमा सहभागी दलका नेताहरुले फुटबल र खेलाडीको उन्नयन र श्रीबृद्धिका लागि केन्द्रीय नेतृत्वमा पहल गर्ने प्रतिवद्वता जनाएका हुन।

छलफलका क्रममा एमाले झापाका कार्यबहाक अध्यक्ष प्रेम गिरीले डोमालाल राजवंशी रंगशालाको दिगो व्यवस्थापनका लागि सर्वपक्षीय ढंगले अघि बढ्न आह्वान पनि गर्नुभयो ।

त्यस्तै नेपाली कांग्रेसका सचिव कृष्ण हुमागाईंले प्रतियोगिताको दिगोपना, सबैको सहभागिता र अपनत्वमा जोड दिनुभयो ।

यता माओवादी केन्द्रका संयोजक राजु आचार्यले गोल्ड कप राम्रो र हाम्रो बनाउँदै आगामी संस्करणहरु थप रचनात्मक हुने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति उमेश खरेलले झापा गोल्ड कप समग्र जिल्लाबासीकै गौरवको विषय भएको भन्दै गोल्डकप सफल पार्न सबै एकजुट भएर लागिपर्न आग्रह गर्नुभयो ।
यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष दिपेन वाला राईले खेलकुद क्षेत्रका सबै पूर्वाधारहरुलाई व्यवस्थित बनाउनुपर्ने कुरामा जोड दिनुभयो ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष वेदराज रेग्मीले टिकट खरिद गरेर खेल हेर्ने परिपाटीमा लागि पर्न सुझाव दिनुभयो ।

गोल्ड कपका अध्यक्ष विनोद बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका बिर्तामोड नगर प्रमुखहरुले प्रतियोगितालाई थप व्यवस्थित बनाउन सबैको हातेमालो जरुरी रहेको उल्लेख गर्नुभएको थियोे ।

छलफलमा एमाले झापा सचिव शिव ढुंगेल, माओवादी केन्द्रका सचिव मोहन टुडू, कांग्रेस बिर्तामोड सभापति भोजराज सिटौला, माओवादी केन्द्रका अध्यक्ष मोहन सुब्बा, रास्वपाका प्रतिनिधि अर्जुन उप्रेती, राप्रपाका प्रतिनिधि कुमार थापा, एकीकृत समाजवादीका अध्यक्ष श्री सिटौला, गोल्ड कपका सदस्य तथा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी लगायतले आ-आफ्नो धारणा राख्नुभएको थियोे ।

अन्तरक्रियामा गोल्ड कपका महासचिव गजेन्द्रबहादुर पौडेलले स्वगत गर्दै हालसम्मको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियोे । अन्तरक्रियाको सहजीकरण गोल्ड कपका उपाध्यक्ष तथा एमाले नगर अध्यक्ष सुवास भट्टराईले गर्नुभएको थियोे ।

आगामी फागुन १९ गतेदेखि सुरुहुने झापा गोल्डकपको विजेताले नगद १३ लाख र उपविजेताले नगद सात लाख रुपैयाँ प्राप्त गर्ने गोल्डकपका सचिवालय सदस्य तथा सूचना तथा संचार संयोजक पत्रकार हिमाल खरेलले जानकारी दिनुभयो ।
गोल्डकप सम्पन्न गर्न करिब एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष बस्नेतले बताउनुभयो ।
प्रतियोगितामा आयोजकको तर्फबाट झापा ११ फुटबल क्लब, विभागीयसहित नेपालका ए डिभिजन क्लब र विदेशी क्लबको सहभागिता रहनेछ ।
अबको केही दिनमै खेलतालिका सार्वजनिक गरिने गोल्डकपका सचिवालय सदस्य तथा सूचना तथा संचार संयोजक पत्रकार खरेलले जानकारी दिनुभयो ।

सम्वन्धित

अन्य समाचार