Saturday, November 9, 2024

नागरिकको शान्ति सुरक्षामा गम्भीरता पुर्वक लागिपरेको नगरप्रमुख पोखरेलको भनाई

Share


१ फागुन २०८०कनकाई

नागरिकको शान्ति सुरक्षामा गम्भीरता पुर्वक लागिपरेको कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभएको छ। आज मंगलबार कनकाई नगरपालिका ७ दुर्गापुरमा बनेको नव निर्वित अस्थायी प्रहरी बिट भवनको उद्घाटन गर्दै नगर प्रमुख पोखरेलले सो कुरा बताउनुभएको हो।

चारकोठे प्रहरी बिट निर्माणका लागि नगरपालिकाको लगानीमा निर्माण गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगरप्रमुख पोखरेलबाट उत्घाटन गरी अस्थाई प्रहरी बिट दुर्गापुर लाई हस्तान्तरण गर्नुभएको छ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यलय झापाका प्रमुख दुर्गाराज रेग्मीले यस क्षेत्रमा प्रहरी बिट निर्माण गरि प्रहरीलाई हस्तान्तरण गरेकोमा यश कार्यमा सहयोग पुर्याउने कनकाई नगर पालिका , स्थानीय संघसंस्था , बुद्धिजीवी , समाजसेवी लगाय सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।
उहाँले यो प्रहरी बिट जति सुन्दर छ यहाँ बाट प्रहरिले दिने सुविधा पनि त्यतिनै सुन्दर रहने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममाका सभाध्यक्ष समेत रहनुभएका वडा न ७ का अध्यक्ष भिस्मभुषण सिटौलाले पछिल्लो समय आर्थिक मन्दिका कारण गाउँ टोलमा चोरी डकैती जस्ता अपराधीक क्रियाकलाप बढदै गएकाले स्थानीयको माग अनुसार नै वडाको समन्वय तथा नगरको आर्थिक सहयोगमा नगरप्रमुखकै पहलमा अस्थायी प्रहरी बिट स्थापना भएको जानकारी गराउनुभएको थियोे । उहाँले आगामी दिनमा यश प्रकारका अपराधीक क्रियाकलाप घट्दै जाने विश्वास व्यक्त गर्नु हो।
व्यवस्थित , आकर्षक एवम् सुविधा सम्पन्न अस्थायी प्रहरी बिट निर्माणमा करिव चौध लाख रुपैयाँ खर्च लागेको बताएको छ।

ईलाका प्रहरी कार्यलय अनारमनीका प्रमुख सुरज कार्की , ईप्रका सुरुङ्गा प्रमुख प्रबिन कुमार भट्टराई , बिभिन्न राजनैतिक दलका प्रतिनिधी , संघसंस्थाका प्रतिनिधि , जनप्रतिनिधि , स्थानिय बुद्दीजिबी , लगायतको उपस्थीती रहेको थियोे ।
कनकाई न.पा. ७ का वडा अध्यक्ष भिष्मभुषण सिटौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जेष्ठ नागरिक संघ नगर अध्यक्ष स्वागत सम्भु पोखरेलले गर्नु भएको थियो भने कार्यक्रमको संचालन स्थानीय युवा व्यवसायी राज याङ्थपो(राजा)ले गर्नुभएको थियोे ।

सम्वन्धित

अन्य समाचार