Friday, October 18, 2024

दुबईमा झापा अर्जुनधाराका एक व्यक्तिको मृत्यु

Share

अर्जुनधारा । वैदेशिक रोजगारीका लागि दुबई गएका झापाका एक व्यक्तिको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका- ११ का ४७ वर्षीय प्रदीप राईको मृत्यु भएको हो ।

शनिबार साँझ खाना खाएर सुतेका राईको नेपाली समय अनुसार राति १० बजे मृत्यु भएको उनका आफन्त सन्तकुमार राईले बताए । मृतक राईको शव नेपाल ल्याउने पहल भइरहेको छ । राईका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।

सम्वन्धित

अन्य समाचार