२८ माघ २०८ चन्द्र बस्नेत कनकाई,
पछिल्लो समय नेपालमा लागु औषधको प्रयोग , साईबर अपराधका घटना बढ्दै गएको छ। यसको नियन्त्रणमा विभिन्न कार्यक्रम पनि हुने गरेका छ्न।यस्तै झापाको कनकाईका विद्यालय तथा समुदाय स्तरमा लागुऔषध दुर्व्यसन , साईबर क्राईम, ट्राफिक नियम सम्बन्धी जनचेतना मुलक कार्यक्रमलाई तिव्रता दिएको छ।
विभिन्न संघ – सस्था , स्थानीय तह विद्यालयले यस्तो कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखी विद्यालय तथा समुदाय स्तरमा लागुऔषध दुर्व्यसन , साईबर क्राईम, ट्राफिक नियम सम्बन्धी जनचेतना मुलक कार्यक्रम निरन्तर अगाडी बढाईरहेका हुन् ।
केही दिन अघि सुरुङ्गा जेसिजले लागुऔषध दुर्व्यसन , साईबर क्राईम, ट्राफिक नियम सम्बन्धी जनचेतना अघाडी बढाउन अक्षयकोष स्थापनार्थ महायज्ञ नै आयोजना गर्यो ।त्यस्तै लाईन्स क्लब अफ कनकाई सुरुङ्गाले नगरका निजी तथा सामुदायिक विद्यालयमा सप्ताह ब्यापी विद्यार्थी लक्षित समुदाय स्तरमा लागुऔषध दुर्व्यसन , साईबर क्राईम, ट्राफिक नियम सम्बन्धी जनचेतना मुलक कार्यक्रमको आयोजना गरि विद्यार्थी लक्षित जनचेतना मुलक कार्यक्रम गरिएको हो।
यस्तै लाईन्स क्लब अफ कनकाई सुरुङ्गाको आयोजनामा सरस्वती मावी जामुनबारी ,भृकुटी मावि दुर्गापुर, कनकाई मा वि सुरुङ्गा ,चम्फापुर मा वि चम्फापुर , भगवती प्रावि तुलसीबारी, हरिकुल नमूना माध्यमिक विद्यालय सुरुङ्गा , सिंह देवी प्रा वि र बेनुबाजा अंग्रेजी माध्यमिक विद्यालयमा ईलाका प्रहरी कार्यलय सुरुङ्गाका बरिस्ठ प्रहरी नायव निरिक्षक प्रविण कुमार भट्टराईले सहजीकरण गर्दै लागू औषध दुर्व्यसन के हो ? यसवाट स्वास्थ्यमा र समाजका कस्तो असर पर्छ , दुर्व्यसनमा परि सकेपछिको अवस्था कस्तो हुन्छ ? त्यस्तै साईबर क्राईम, ट्राफिक नियम सम्बन्धी जनचेतनामुलक कार्यक्रम जस्ता विषयमा बिद्यार्थीहरुलाई प्रशिक्षण दिनुभएको थियोे ।
यस्तै कार्यक्रम अन्तर्गत झापाको कनकाई २ र १ स्थित जामुनबारी सामुदायिक वनको सभाहलमा कनकाई २ र १ लक्षित लागुऔषध दुर्व्यसन , साईबर क्राईम, ट्राफिक नियम
सचेतना तथा वित्तीय साक्षरता सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ।
कनकाई वडा न.२ को आर्थिक सहयोग जामुनखाडी स्पोर्टिङ क्लबको आयोजनामा एक दिवसिय लागुऔषध दुर्व्यसन , साईबर क्राईम, ट्राफिक नियम सचेतना तथा वित्तीय साक्षरता सम्बन्धी जनचेतना मुलक कार्यक्रम गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि वडा न २ का अध्यक्ष वलराम राई प्रतापले समाज रुपान्तरणको मुख्य भुमिकामा रहेका युवावर्ग लागूपदार्थ दुर्व्यसनको शिकार बनिरहेको बेला यसको न्युनिकरण गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समाज तथा विद्यालय स्तरबाट यस्ता सचेतना मुलक कार्यक्रम आवश्यक रहेकोे भन्दै कनकाई मात्र नभई झापाका अन्य पालिकामा पनि यस्तो कार्यक्रम गर्न जरुरी रहेको बताउनुभयो ।
उहाँले संघ सस्था विद्यालयहरुको सहकार्यमा ईलाका प्रहरी कार्यलयको सहजीकरणमा वडा तथा नगरमा यस्ता कार्यक्रम निरन्तर अगाडी बढाउन नगर प्रमुख सग छ्लफल गरि अगाडी बढ्ने आश्वासन दिनुभयो ।
कार्यक्रममा लागू औषध दुर्व्यसन के हो ? यसवाट स्वास्थ्यमा र समाजका कस्तो असर पर्छ , दुर्व्यसनमा परि सकेपछिको अवस्था कस्तो हुन्छ ? त्यस्तै साईबर क्राईम, ट्राफिक नियम सम्बन्धी जनचेतनामुलक कार्यक्रम जस्ता विषयमा बिद्यार्थीहरुमा ईलाका प्रहरी कार्यलय सुरुङ्गाका बरिस्ठ प्रहरी नायव निरिक्षक प्रविण कुमार भट्टराईले प्रशिक्षण दिनु भएको छ।
ऐक्लस डेभलपमेन्ट बैंक विजनेस बिभाग प्रमुख शिव कुमार गिरीले वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण दिनु भएको छ।
कार्यक्रममा जामुनबारी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ख्याम सिटौलाले लागु औषध , दुर्व्यसनीले देशमै विकराल रुप लिईरहेको अबस्थामा यसको न्युुनिकरणका लागि समाज तथा बिद्यालय स्तरमा यस किसीमको कार्यक्रम ल्याएकोमा धन्यवाद दिदै सहभागीहरुलाई कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियोे ।
कार्यक्रममा सहभागीहरुले भोलिका दिनमा देश र समाजको नेतृत्व गर्ने जनशक्ति आजका युवावर्ग तथा बिद्यार्थीहरुनै भएकोले यस प्रशिक्षणबाट पाएको ज्ञानलाई ब्यवहारमा उतारेर नेतृत्वदायी भुमिकामा सफल नागरिक बन्न सक्नुहोस भनी सहभागीहरुले शुभकामना समेत दिनुभएको थियोे ।
कार्यक्रममा कार्यपालिका सदस्य नरदेवी मगर ,वडा सदस्य सुलभ भण्डारी ,सरस्वती मा. बि. जामुनबारीका प्रधानध्यापक सुर्यनारायण अधिकारी , जानकी आधारभुत विद्यालय सुकेडागीका प्रधानध्यापक ,सिम्रीक सहकारी सस्थाका प्रतिनिधि ,जीवन बिकास लघुबित्त संस्थाका प्रतिनिधि, राजनितिक दल ,टोल बिकास संस्थाका संयोजक लगायतको उपस्तिथि रहेको थियोे । जामुनखाडी स्पोर्टिङ क्लबका अध्यक्ष रत्न राईको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष अर्जुन गिरीले स्वागत गरिएको कार्यक्रमको सन्चालन सुवास गजमेरले गर्नुभएको थियोे ।