Monday, December 2, 2024

झापाका ३ सय २१ हात्ती पीडित परिवार राहतको पर्खाइमा

Share


२६ माघ २०८० कनकाई।
झापामा जङ्गली हात्तीको आक्रमणबाट जनधनको क्षति बेहोरेका पीडित राहतको पर्खाइमा छन् । चालु आर्थिक वर्ष २०८०–८१ को साउनयता जिल्लाका विभिन्न ठाउँ र समयमा हात्तीको आक्रमणमा परि जनधनको क्षति बेहोरेका तीन सय २१ परिवार सरकारी राहतको पर्खाइमा छन् ।
चालु आर्थिक वर्षको गएको कात्तिक २ गतेसम्म तीन सय २१ हात्ती पीडित परिवारलाई ५८ लाख २८ हजार नौ सय ४० रुपैयाँ राहत रकम माग गरी मन्त्रालयमा पठाइएको डिभिजन वन कार्यालयका वन अधिकृत ऋषिराम पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार राहत माग गरिएकामा एक जना मृतकको १० लाख, तीन जना घाइतेका लागि पाँच लाख ८० हजार नौ सय ४०, चौपाया एक बराबर १० हजार, विभिन्न घरगोठमा पु¥याएको क्षतिको पूर्तिका लागि १४ लाख ८२ हजार पाँच सय, भण्डारण गरिएको अन्न क्षति बराबर छ लाख ३९ हजार छ सय र बालीनालीमा हात्तीले गरेको क्षति बराबर २१ लाख १५ हजार नौ सय रुपैयाँ रहेको छ ।
कात्तिक २ गतेयता हात्तीको आक्रमणबाट ज्यान गुमाएका चारसहित एक सय ९४ परिवारलाई राहत माग गर्न विवरण सङ्कलन भई प्रक्रियामा रहेको डिभिजन वन कार्यालयले जनाएको छ । हात्ती पीडितका लागि माग गरिएको राहत रकम आउन ढिलो हुँदा समस्या भएको वन अधिकृत पराजुलीको भनाइ छ ।

सम्वन्धित

अन्य समाचार