झापा । मोबाईल चोरी गर्ने एक भारतीय नागरिकलाई पक्राउ गरि प्रहरीलाई जिम्मा लगाइएको छ ।
अर्जुनधारा नगरपालिका वडा नम्बर ३ की जनप्रतिनिधि तथा नगरकार्यपालिका सदस्य चन्द्रा तामाङको घरबाट मोबाइलफोन चोरी गरेर फरार भएका अजयकुमार यादव नाम बताउने भारतीय नागरिकलाई पक्राउ गरि स्थानीयले प्रहरीको जिम्मा लगाएका हुन् ।
घरैमा राखेको अवस्थाबाट मोबाइलफोन चोरी भएपछि परिवारका सदस्य र स्थानीयले खोजी गरेका थिए । खोजी गर्ने क्रममा करिब ४ किलोमीटर उत्तर दाहालटार गाउँमा चोर लुकीरहेको अवस्थामा फेला परेको परिवारका सदस्य धनबहादुर तामाङले जानकारी दिनुभयो ।
उनकोसाथबाट फोन बरामद गरि थप अनुसन्धानकालागि अस्थायी प्रहरी चौकी खुदुनाबारीमा जिम्मा लगाएको उहाँले जानकारी दिनुभयो । खबर खेतिबाट