२६ माघ २०८०कनकाई
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई रौटहटमा एक सय एक किलोको माला लगाइएको छ।
एमाले रौतहट जिल्ला कमिटीको दसौं अधिवेशन उद्घाटन गर्न बिहीबार गरूडा पुगेका अध्यक्ष ओलीलाई एक सय एक किलोको माला लगाएर स्वागत गरिएको एक नेताले जानकारी दिनुभयो ।गरुडास्थित श्रीराम सुगर मिलको चौरमा जिल्ला अधिवेशनको उद्घाटन सत्र भएको छ। एमालेले यो वर्ष तहगत अधिवेशन गर्ने भएको छ।
जेठ मसान्तभित्र जिल्ला अधिवेशन सक्न निर्देशन दिएको छ।एमालेको दार्चुला, म्याग्दी जिल्ला कमिटीको अधिवेशन सकिइसकेको छ। मुगु र धादिङ अधिवेशनमा विवाद देखिएको छ। दोलखामा मतगणना भइरहेको छ।
![](https://sajhanewss.com/wp-content/uploads/2024/02/IMG-20240208-WA0003-1024x1024.jpg)