Tuesday, December 3, 2024

कनकाईमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

Share

चन्द्र बस्नेत/१६ माघ,२०८० कनकाई
झापाको कनकाई नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको सभाहलमा आज मंगलबार आर्थिक वर्ष २०८०/८१ को प्रथम चौमासिक अन्तर्गतको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रममा आएका प्रश्न तथा जिज्ञासाका बिषयमा नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, कृषि शाखा प्रमुख यदुकुमार उप्रेती , स्वास्थ्य शाखा प्रमुख खगेन्द्र दङ्गाल , पशु मत्स्यको तर्फबाट कुलबहादुर गुरुङ लगायतले सहभागीहरुका प्रश्नहरुको क्रमशः जवाफ दिनुभएको थियोे ।

सार्वजनिक सुनुवाई कार्यक्रममा नेपाली कांग्रेस कनकाई नगर सचिव रेनुप्रसाद कडेल, सम्भु सुस्केरा,चन्द्रप्रसाद घिमिरे,दिननाथ खतिवडा ,रमेशप्रसाद मैनाली, मोहन थापा, नन्दकुमार चुडाल, खेम शिवाकोटी, यामनाथ सेढाई, सरोज घिमिरे, पत्रकारहरु प्रदिप परियार, लिलाराज झापाली र राम प्रसाद निरौला चुडामणिा तिम्सिना लगायतले शिक्षा , स्वास्थ्य ,कृषि , विकास निर्माण , खेलकुद , विभिन्न योजना, बजार ब्यवस्थापन , सार्वजनिक सौचालय , सडक बत्ती , नगर वासिको सेवा प्रवाह, सुकुम्बासीलाई धनीपुर्जा वितरणमा ढिलाइ , राजस्व , घरनक्सा, बजेट बाड्फाड, सुर्तीजन्य पदार्थ बिक्री तथा उपभोग निषेधित , लागुऔसतको बढ्दो प्रयोग ,फोहोरमैला ब्यवस्थापन सूचना तथा सन्चार लगायतका विभिन्न बिषयमा जिज्ञासा राखेका थिए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख पोखरेलले धनीपुर्जाका बारेमा अहिलेसम्म भएका प्रगतिका बारेमा स्पष्ट पार्नुभएको थियोे । नगरप्रमुख पोखरेलले सबैखाले भ्रम र आलोचनाको प्रतिवाद कामबाटै गर्ने पनि बताउनुभयो । सार्वजनिक सुनुवाईमा उठेका प्रश्नहरुको जवाफ दिदैं नगरपालिका विरुद्धका सबैखाले भ्रम कामबाटै प्रतिवाद गर्दै जाने बताउनुभएको हो। उहाँले नगरको बजेट घट्दै गइरहेको र दायित्व बढ्दै गइरहेको जानकारी गराउनुभएको थियोे ।

सार्वजनिक सुनुवाईमा उनले भने – म कसैले भ्रम छर्यो वा आलोचना गर्यो भनेर प्रतिवादन गर्दै हिड्न सक्छिन् । म कामबाटै प्रतिवाद गरेर जाने हो । काम गरेर देखाएपछि सबैखाले भ्रमहरु आफै झुट सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै नगरप्रमुख पोखरेलले कृषि , विकास निर्माण , खेलकुद , विभिन्न योजना, बजार ब्यवस्थापन , सार्वजनिक सौचालय , सडक बत्ती , नगर वासिको सेवा प्रवाह, सुकुम्बासीलाई धनीपुर्जा वितरणमा ढिलाइ , राजस्व , घरनक्सा, बजेट बाड्फाड, सुर्तीजन्य पदार्थ बिक्री तथा उपभोग निषेधित , लागुऔसतको बढ्दो प्रयोग ,फोहोरमैला ब्यवस्थापन सूचना तथा सन्चार लगायतका विभिन्न बिषयमा उठेका जिज्ञासाको जवाफ दिनुभएको थियो।

नगरप्रमुख पोखरेलले कुनैपनि काम सफल पार्न नगरबासीसबैको साथ सहयोग भएमात्रै सम्भव हुने विश्वास व्यक्त गर्नुभयो ।उहाँले लक्ष्य अनुसारको राजश्व संङ्गलन, संघिय तथा प्रदेश सरकारबाट आउने रकम पनि ४० प्रतिशत सम्म प्राप्त हुन नसकेकोमा प्रयाप्त काम हुन नसकेको स्वीकार गर्नुभएको थियो ।

कार्यक्रममा नगर प्रमुख पोखरेल, उप-प्रमुख आशा शर्मा शिवाकोटी , प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, वडा नम्बर १ का कार्यवाहक वडा अध्यक्ष हरिकुमार राई वडा न २ का अध्यक्ष वलराम राई (प्रताप) वडा न ३,का , वडा युवराज चौलागाईं , वडा न ४ का अध्यक्ष रोषन सुवेदी , वडा नम्बर ५ का वडाअध्यक्ष तथा नगरप्रवक्ता कृष्ण बहादुर राई र वडा न ७ कि कार्यवाहक अध्यक्ष करुणा सुब्बा , वडा न ८ र ९ का वडा अध्यक्ष लिलाबहादुर कटुवाल र राजेन्द्रप्रसाद उप्रेती कार्यपालिका सदस्य ,वडा सदस्य, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि , संघ सस्थाका प्रमुख तथा प्रतिनिधि टोलका संयोजक तथा प्रतिनिधि , कृषक आम नगरबासी विभिन्न शाखाका प्रमुख तथा कर्मचारी , सुरक्षाकर्मी तथा सन्चाकर्मी लगायतको उपस्तिथिमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको कर्मचारी विजय पाठकले जानकारी दिनुभयो ।

सार्वजनिक कार्यक्रम नगरउप प्रमुख शिवाकोटीद्वारा स्वागत गरिएको थियो ।पत्रकार उमाकान्त खनालले सहजीकरण गरिएको कार्यक्रम संचालन पत्रकार केशव भण्डारीबाट भएको थियोे ।

सम्वन्धित

अन्य समाचार