१५ माघ २०८० कनकाई,
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत झापाको कनकाई ४ स्थित सिंहदेवी माध्यमिक विद्यालयमामा आज आईतवार एक दिवसिय लागुऔषध दुर्व्यसन , साईबर क्राईम, ट्राफिक नियम सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।
![](https://sajhanewss.com/wp-content/uploads/2024/01/received_713607497527876-1024x768.jpeg)
समाज रुपान्तरणको मुख्य भुमिकामा रहेका युवावर्ग लागूपदार्थ दुर्व्यसनको शिकार बनिरहेको बेला यसको न्युनिकरण गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यालय स्तरबाट सचेतना मुलक कार्यक्रम गरेको हो ।
कनकाई ४ स्थित सिंहदेवी माध्यमिक विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत ९० जना भन्दा धेरै विद्यार्थीहरुको सहभागी कार्यक्रममा लागू औषध दुर्व्यसन के हो ? यसवाट स्वास्थ्यमा र समाजका कस्तो असर पर्छ , दुर्व्यसनमा परिसकेपछिको अवस्था कस्तो हुन्छ ? त्यस्तै साईबर क्राईम, ट्राफिक नियम सम्बन्धी जनचेतनामुलक कार्यक्रम जस्ता विषयमा बिद्यार्थीहरुमा ईलाका प्रहरी कार्यलय सुरुङ्गाका बरिस्ठ प्रहरी नायव निरिक्षक प्रविन कुमार भट्टराईले प्रशिक्षण दिनु भएको विद्यालयका प्रशासनले जनाएको छ।
![](https://sajhanewss.com/wp-content/uploads/2024/01/received_584468540545519-1024x768.jpeg)
भोलिका दिनमा देश र समाजको नेतृत्व गर्ने जनशक्ति आजका बिद्यार्थीहरुनै भएकोले यस प्रशिक्षणबाट पाएको ज्ञानलाई ब्यवहारमा उतारेर नेतृत्वदायी भुमिकामा सफल नागरिक बन्न सक्नुहोस भनी सहभागी शिक्षकहरुले विध्यार्थीहरुलाई शुभकामना समेत दिनुभएको थियोे ।
पछिल्लो समय लागु औषध , दुर्व्यसनीले देशमै विकराल रुप लिईरहेको अबस्थामा यसको न्युुनिकरणका लागि बिद्यालय स्तरमा यस किसीमको कार्यक्रम ल्याएकोमा धन्यवाद दिदै सहभागी शिक्षकहरुले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियोे ।
![](https://sajhanewss.com/wp-content/uploads/2024/01/received_727960059461856-1024x768.jpeg)