पोखरा – म्याग्दीको बेनीमा ग्याङफाइट हुँदा एकजनाको मृत्यु भएको छ । बेनी ८ पिपलचोक बस्ने २२ वर्षीय शुशिल गर्बुजाको हत्या भएको हो ।
युवाहरुबिच झगडा हुँदा एक्कासी खुकुरीले छातीमा प्रहार गरेपछि गर्बुजा घाइते भएका थिए । उपचारका लागि बेनी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका म्याग्दीका प्रहरी प्रमुख नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।
गर्वुजाको टाउको र छात्तिमा चोट लागेको थियो । थप दुईजना घाइते छन् । उनीहरुको बेनीमै उपचार भैरहेको कुवँरले बताए ।
उनीहरुलाई ८/१० जनाको समूहले चक्कु प्रहार गरेका बताइएको छ ।घटनामा संलग्नहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ । कारण खुल्न सकेको छैन । अनुसन्धान भैरहेको छ ।
![](https://sajhanewss.com/wp-content/uploads/2024/01/20240125_153937-1-1024x1024.png)
![](https://sajhanewss.com/wp-content/uploads/2024/01/20240125_152853-1-1024x1024.png)
![](https://sajhanewss.com/wp-content/uploads/2024/01/20240125_152322-1-1024x1024.png)