भद्रपुर । भद्रपुरमा फेरि चोरको बिगबिगी बढेको छ । सीमा नाकासँग जोडिएको भद्रपुरमा चोरी घटना बढेसँगै स्थानीय चिन्तित बनेका छन् । यसै क्रममा भद्रपुर- ६ निवासी हेमन्त सुरानाको घरमा बुधबार चोरी भएको छ ।
घरमा कोही नभएको मौका छोपी दिउँसोको समयमा चोरी भएको पीडितले जनाएको छ । उनको घरको कोठाबाट ४ तोला सुन र ७० हजार नगद चोरी भएको हो । उनले चोरी भएको बारेमा स्थानीय प्रहरीलाई जानकारी गराइसकेको छ