Friday, October 18, 2024

नयाँ गर्भनिरोधक सुई ‘साइना प्रेस’बारे कनकाईका स्वास्थ्यकर्मी लाई प्रशिक्षण

Share

कनकाई/चन्द्र बस्नेत

झापाको कनकाई नगरपालिकाका स्वास्थ्यकर्मीलाई नयाँ गर्भनिरोधक तीन महिने सुई ‘साइना प्रेस’बारेमा प्रशिक्षण दिइएको छ ।

कनकाई नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा नगरभरिका स्वास्थ्य संस्था र अस्पतालका स्वास्थ्यकर्मीलाई सरकारले निःशुल्क रुपमा उपलब्ध गराउन थालेको नयाँ गर्भनिरोधक सुईका विषयमा प्रशिक्षण दिइएको हो ।

नगर उपप्रमुख आशा शर्मा शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका पब्लिक हेल्थ नर्स सुनिता राईले सहभागीलाई प्रशिक्षण दिनुभएको थियो ।यसअघि दिइँदै आएको डिपोको विकल्पमा साइना प्रेस दिन थालिएको बताउनुभयो ।

यसअघि दिइँदै आएको तीन महिने सुई डिपोको तुलनामा राम्रो र कम साइडिफेक्ट रहेको उहाँले बताउनुभयो । औषधिको मात्रा र पावर कम भएकाले साइडिफेक्टसमेत कम रहेको उहाँको भनाइ छ ।कनकाई नगरपालिकाका सिनियर अनमी टीका दवाडीले प्रजनन् उमेर समूहका सबै महिलाले सुईको प्रयोग गर्न मिल्ने बताउनुभयो ।

उहाँले शरीरका तीन स्थान पाखुरा, तिघ्रा र पेटमा सुई लगाउन मिल्ने भएकाले महिलाहरुले आफैं सुईको प्रयोग गर्न सक्ने बताउनुभयो ।नगरभरिका स्वास्थ्य संस्थामा सुई वितरण गरिएको बताउँदै उहाँले पायक पर्ने स्थानबाट महिलाहरुले सुई लगाउन सक्ने समेत जनाउनुभयो ।

प्रशिक्षण कार्यक्रममा स्वागत एवम् औचित्यमाथि प्रकाश नगरपालिकाका सिनियर अनमी दवाडीले गर्नुभएको थियोे ।नगरपालिकाको स्वास्थ्य शाखाको आयोजना संघीय बजेटको सशर्त कार्यक्रम अनुसार ‘परिवार नियोजन किशोर किशोरी तथा प्रजननन् स्वास्थ्य कार्यक्रम’ अन्तरगत गरिएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक नारायण अधिकारीले जानकारी दिनुभयो ।

नगर उप प्रमुख शिवाकोटीले प्रदेश सरकारले यो कार्यक्रम सन्चालनका लागि प्रदेश मै पहिलो पटक नै झापा र सुनसरी जिल्ला छ्नोट गरेकाले यसको सहि सदुपयोग गर्न आग्रह गर्नुभएको कार्यक्रमको सन्चालन स्वास्थ्य शाखा प्रमुख खगेन्द्र दंगालले गर्नुभएको थियो ।

सम्वन्धित

अन्य समाचार