Wednesday, March 12, 2025

अतिविपन्नलाई ब्ल्यांकेट प्रदान गर्दै कनकाई

Share

कनकाई, १ पुस •चन्द्र बस्नेत

झापाको कनकाई नगरपालिकाले यहाँका अतिविपन्न परिवारलाई न्यानो कपडा (ब्ल्यांकेट) वितरण गरेको छ ।

आज नगरका तीन वटा वडाका ६० जना अतिविपन्न परिवारलाई जाडोमा न्यानो प्रदान ब्ल्यांकेट वितरण गरिएको हो । नगरको वार्षिक कार्यक्रम अनुसार नगरका नौ वटै वडाका अतिविपन्न परिवारलाई बर्सेनि ब्ल्यांकेट वितरण गरिँदै आएको नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पाखरेलले जानकारी दिनुभयो ।

आज वडा नं. १, ६ र ७ का २०÷२० जना अतिविपन्न परिवारलाई ब्ल्यांकेट वितरण गरिएको हो ।वडा नं. १ मा सो वडाका वडाध्यक्ष सुशीलकुमार पोखरेलको अध्यक्षता एवम् नगर उपप्रमुख आशा शर्मा शिवाकोटीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा वडाध्यक्ष पोखरेलले स्वागत एवम् औचित्यमाथि प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सञ्चालन वडा सदस्य निर्मला खड्काले गर्नुभएको थियो ।त्यस्तै, वडा नं. ६ मा वडाध्यक्ष दीर्घबहादुर थापाको अध्यक्षता र वडा नं.७ का भीष्मभूषण सिटौलाको अध्यक्षता र नगर उपप्रमुख शिवाकोटीको प्रमुख आतिथ्यमा ती दुवै वडामा न्यानो कपडा वितरण गरीएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले जानकारी दिनुभयो ।

कार्यक्रममा उपप्रमुख शिवाकोटीले नगरका अतिविपन्न परिवारको जीवनस्तर उकास्न र उनीहरुको आवश्यकता पूरा गर्न नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो ।नगर उपप्रमुख शिवाकोटीको नेतृत्वमा नगरका नौ वटै वडाका १८० जना अतिविपन्न परिवारलाई ब्ल्यांकेट वितरण भइरहेको नगरपालिकाका कर्मचारी विजय पाठकले जानकारी दिनुभयो ।

सम्वन्धित

अन्य समाचार