Saturday, January 18, 2025

कनकाई छ्ठ पर्वको तयारी तिव्र

Share

१ मंसिर २०८०,कनकाई •चन्द्र बस्नेत
झापाको कनकाई नदिको पुर्वी कीनारमा गरिदै आएको छठ पुजा विगतका बर्षझै यस बर्ष पनि विभिन्न कार्यक्रम गरि धुमधामका साथ मनाइने भएको छ ।

विगतका वर्ष झै यसपटक पनि कनकाई छठ सेवा समाजको आयोजनामा यस बर्षको छठ पुजा पनि विभिन्न सास्कृतिक कार्यक्रमका बिच सम्पन्न गरिने छ्ठ सेवा समाजका अध्यक्ष विजय शर्माले जानकारी दिनुभयो ।

कार्यक्रम सफल पार्न छ्ठ सेवा समाजका बरिस्ठ उपाध्यक्ष मुना शाहको संयोजनमा १९ सदस्यीय मुल आयोजक समिति साथै विभिन्न उपसमितिहरु मञ्च व्यवस्थापन उपसमिति , अतिथि सत्कार उपसमिति , मन्दिर व्यवस्थापन उपसमिति , घाट र स्वयंसेवक व्यवस्थापन उपसमिति , महिला उपसमिति , प्रसाद व्यवस्थापन उपसमिति र सांस्कृतिक उपसमिति गरी ७ वटा उपसमिति समेत वनाई जिम्मेवारी दिएको र अहिले सवै समितिहरु आ-आफ्नो जिम्मेवारी सम्हाल्दै कार्यक्रमको तयारीमा जुटेको छ्ठ सेवा समाजका महासचिव रविन गुप्ताले जानकारी दिनुभयो ।

आयोजकले पुजाको लागी नदिकीनारमा ७० वटा घाट निर्माण गर्ने र ति घाटहरुमा पुजा गर्नेहरुलाई कुनै शुल्क नतोकीएको हुदा आफुले सकेको सहयोग समाजलाई उपलब्ध गराई पुजा गर्न सक्नेे घाट र स्वयंसेवक व्यवस्थापन उपसमितिका संयोजक श्याम पञ्जियारले बताउनुभयो ।
आज मंसिर १ गते शुक्रबार विहान ८ बजे सुरुङ्गा बजार वाट पुजा स्थल कनकाई घाट परिसर सम्म सरसफाइ कार्यक्रम राखिएको र सरसफाइ पछि घाट छनौटको कार्यक्रम सोही स्थानमा गरिने पनि पञ्जियारले जानकारी दिनुभयो ।

छटको पुर्व सन्ध्यामा मंसिर २ गते शनिबार भोलि खर्ना पुजा र मंसिर ३ गते पर्सि आईतवार सास्कृतिक बाजागाजा , झाकी तथा झण्डा ब्यानर सहित विहान ११:३० बजे सुरुङ्गा दुर्गा मन्दिर बाट शान्ति -याली सुरु गरि बजार परिक्रमा गर्दै दिउँसो १:३० बजेसम्ममा पवित्र कनकाई माई किनारमा पुगी औपचारिक कार्यक्रमको उद्घाटन गर्ने गरि तयारीमा लागेको कार्यक्रम संयोजक शाहले बताउनुभयो ।

छट पुजा सहित आयोजना हुने सांस्कृतिक कार्यक्रममा भक्तजनहरुले विभिन्न जातजातिको झाँकी , मैथिली समुदायका विभिन्न प्रस्तुतिहरुको वेलुका ९ बजे सम्म मनोरञ्जन लिन सकिने बताएको छ।
यस पटक साझको पुजा सहित साझ ७:३० बजे गंगा आरति समेत गरिने समाजकी सचिव मञ्जु प्रधानले जानकारी गराउनुभयो।

आगामी आईतबार ( मंसिर ३ गते ) साझ व्रतालुले नदि किनारमा पुगी सुर्य देवताको पुजा आरधना गरी अस्ताउदो सुर्यलाई अर्घ दिई रातभर उपसना गरी ४ गते सोमबार विहान उदाउदो सुर्यलाई अर्घ दिई प्रसाद ग्रहण गरे संगै यस वर्षको छट पुजा सम्पन हुने छ । विशेषतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रुपमा पनि लिईन्छ । यो पर्व नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृति भएका कारण यसका निम्ति आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न नागरिक व्यस्त हुन थालेका छ्न।

सम्वन्धित

अन्य समाचार