•चन्द्र बस्नेत
१६ कात्तिक २०८० कनकाई,झापाको भद्रपुरमा प्रथम मेयर कप अन्तरपालिका स्तरीय रात्रिकालीन नकआउट भलिबल प्रतियोगिता सुरु भएको छ ।
गए राती अर्थात कात्तिक १५ गते बुधबार रातीबाट भद्रपुर युवा परिवारको आयोजनामा पर्सि कार्तिक १८ गतेसम्म भद्रपुर माविको खेल मैदानमा जारी प्रतियोगितामा झापाका १५ वटा पालिकामध्ये ११ वटा पालिकाको सहभागिता रहेको आयोजक युवा परिवार भद्रपुरका अध्यक्ष भरत यादवले जानकारी दिनुभयो।
उद्घाटन खेल बाह्रदशी गाउपालिका र कनकाई नगरपालिकाबीच भएको खेलमा कनकाई नगरपालिका विजयी भएको कनकाई नगर खेलकुद विकास समितिका अध्यक्ष जविन तिम्सिनाले जानकारी दिनुभयो ।प्रतियोगितामा विजेता टिमलाई नगद ५१ हजार र उपविजेता टिमलाई ३१ हजारसहित शिल्ड तथा ट्रफि प्रदान गरिने छ ।
त्यस्तै सर्वोत्कृष्टलाई ५ हजार, वेस्ट स्ट्राइकर, वेस्ट ब्लकर, वेस्ट सरभर, वेस्ट डिफेन्डर, वेस्ट सटर र उदीयमान खेलाडीलाई जनही २ हजार १ सय प्रदान गरिने छ । प्रतियोगितामा झापा, शिवसताक्षी, बाह्रदशी, कनकाई, गौरादह, दमक, भद्रपुर, मेचीनगर, कचनकवल, गौरीगञ्ज र बिर्तामोड नगरपालिकाको सहभागीता रहेको जनाइएको छ।
गएराती भएको उद्घाटन प्रतियोगितामा कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल , कनकाई नगर खेलकुद विकास समितिका अध्यक्ष तिम्सिना सुर्यदय युवाक्लव कनकाईका अध्यक्ष रोहित कोईराला , सुरक्षाकर्मी तथा सन्चार्कर्मी लगायतको उपस्थिति रहेको थियोे ।